Comments Add Comment

भारतीय राष्ट्रपतिको नेपाल भ्रमण छिट्टै: राजदूत राय

Ranajit-Roy

१२ असार, अर्घाखाँची । भारतीय राष्ट्रपतिले नेपालको र नेपालका राष्ट्रपतिले भारतको छिट्टै भ्रमण गर्ने नेपालका लागि भारतीय राजदूत रणजीत रायले बताएका छन् । उनले छमेकी मुलुकको भ्रमणका लागि निकट भविष्यमै मिति तय हुने विश्वास व्यक्त गरे ।

रिपोटर्स क्लब अर्घाखाँची शाखाले सन्धिखर्कमा आइतबार आयोजना गरेको साक्षात्कारमा राजदूत रायले भने, ‘भ्रमणको बिषयमा कुटनीतिक पहल भइरहेको र छिट्टै दुबै देशका राष्ट्रपति भ्रमणको मिति तय हुन्छ ।’

उनले उक्त भ्रमणपछि नेपाल र भारतको सम्बन्ध थप प्रगाढ हुने बताए ।

तराई मधेसमा जारी आन्दोलनलाई लक्षित गर्दै राजदूत रायले नेपालको अस्थिरता र अशान्तिले भारतमा समेत असर पार्ने हुँदा त्यसप्रति भारतको चासो हुनु स्वाभाबिक रहेको बताए । तराई मधेसको आन्दोलनलाई नेपाल सरकारले वार्ताबाटै समाधान खोज्नुपर्नेमा उनले जोड दिए ।

नेपालमा जलविद्युत, पर्यटन र कृषिमा धेरै सम्भावना रहेकाले ती क्षेत्रहरुको बिकासमा भारत सधैं सहयोग र सहकार्य गर्न तयार रहेको उनले बताए । नेपालको शिक्षा र स्वास्थ्यलाई बढी प्राथमिकता दिएको भएता पनि आगामी दिनमा अन्य क्षेत्रमा समेत सहयोग गर्न भारत तयार रहेको उनले बताए । नेपालमा अहिले ५३० परीयोजना भारतले सञ्चालन गरीरहेको र थप परीयोजना प्रकृयामा रहेको उनले जानकारी दिए ।

नेपाल र भारतको सहयोगमा निर्मित ३ वटा विद्यालय भबन उदघाटनाका लागि राजदूत राय अर्घाखाँची आएका हुन् ।

कार्यक्रममा उनले अर्घाखाँचीस्थित पाणीनी बहुमुखी क्याम्पसको विकास, खानेपानी, सिंचाइ र भूतपूर्व भारतीय पेन्सनरहरुको लागि पेन्सन क्याम्प स्थापनाका लागि आफूले पूर्णरुपमा सहयोग गर्ने बचन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment