Comments Add Comment

शुरू भयो अष्ट्रेलियामा भद्रगोलको यात्रा

bhadragoal_melbornमेलबर्न ।  नेपाल टेलिभिजनबाट प्रसारित चर्चित टेलिसिरियल भद्रगोलको समूह यतिबेला अष्ट्रेलियाको भ्रमणमा छ । उनीहरूसँगै रून्चे गायकको रूपमा चिनिएका प्रकाश पौडेलले आईतबार अष्टेलिया कार्यक्रमको शुभारम्भ गरे मेलबर्नबाट ।

मेलबर्न पछी यो समूहले बिर्जबेन ,तास्मानिया र सिड्नीमा आफ्नो प्रस्तुति दिने भएका छन । यी हांस्य कलाकारको अष्टेलिया भ्रमण पहिलोपटक हो । पहिलो पटकको पहिलो शो नै सफल भएकोमा कलाकारहरूले खुशी ब्यक्त गरे ।

यो समूहलाई अष्ट्रेलियामा आर के एसले ल्याएको हो भने भिसा प्रायोजन ईपि माईग्रेसनले गरेको थियो -‘ शुरूवात नै सुखद भयो , हामी खुशी छौ , रबिन्द्रकुमार शर्मा र खिलेन्द्र तिम्सिनाले भने ।

यतिबेला हांस्य सिरियलको भिडमा राम्रो चर्चा पाएको भद्रगोलका अर्जुन घिमिरे पांडे , कुमार कट्टेल जिग्री, हरि निरौला कक्रोज र सागर लम्साल बलेको साथमा प्रकाश पौडेल र गायिका प्रजीता गेलालले दर्शकहरूलाई अत्याधिक मनोरन्जन प्रदान गरेका थिए ।

हाँस्य प्रस्तुतिमा मूलुकको समस्याका बारेमा पनि कलाकारहरूले ब्यग्य हानेका थिए -‘ बहुचर्चित कलाकारहरूको संयोजन गर्न सफल भयौ -‘ मेलबर्नका आयोजक होम दवाडीले भने ।

कलाकारहरूले बिशेष गरेर समसामयिक प्रस्तुती दिएका थिए भने मेलबर्न निबासी नेपालीहरू धेरै समयपछी राम्रो कार्यक्रम हेर्न पाएकोमा दंग थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment