Comments Add Comment

विश्व बजारको १० प्रतिशत हिस्सा ओगटेको हुवाईको दाबी

huewai१४ असार, चितवन । हुवाई मोबाइल कम्पनीले उत्पादन गरेको मोबाइलले विश्व बजारको १० प्रतिशत स्थान ओगटेकेा कम्पनीका प्रतिनिधिले दाबी गरेका छन् ।

हुवाइ कम्पनीका बिक्री प्रबन्धक लि झिङले चितवनको नारायणगढमा पत्रकारहरुसँग कुराकानी गर्दै विश्वका सय भन्दा बढी देशमा आफूहरुको आधिकारिक विक्रेता भएको बताए । चिनको कुल मोबाइल बजारको २० प्रतिशत हिस्सा हुवाई कम्पनीले ओगट्दै चितवनमा पहिलो नम्बरमा सेवा दिइरहेकेा झिङले बताए । मोबाइल बिक्रेताको हिसाबले विश्वको तेस्रो नम्बरमा पर्ने हुवाई कम्पनीको विश्वभरी तीन सय वटा कार्यालय रहेको छ ।

गुणस्तरीय र सबै बर्गका व्यक्तिहरुले किन्न सक्ने मूल्यमा मोबाइल उत्पादन गरेको दाबी गर्दै झिङले मोबाइलको वर्षेनि १० प्रतिशत बजार बढ्दै गएको बताए ।

हुवाई कम्पनीको मोबाइलमा उच्च गुणस्तरको क्यामेरा र ब्याट्री क्षमता अधिक भएकाले ग्राहकको मन जित्दै गएको झिङले दाबी गरे । आफूहरुको प्रतिष्पर्धा सामसुङ कम्पनीसँग भएकोले अबको केही वर्षभित्र नै बिक्रीको हिसाबले हुवाई मोबाइल विश्वको नम्बरमा पुग्ने झिङले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment