+
+
Shares

रुपन्देही सेवा समाज अबुधाबी क्षेत्रीय समिति गठन

आरपी सहयात्री/गीतामणि पाण्डे आरपी सहयात्री/गीतामणि पाण्डे
२०७३ असार २७ गते १०:१५

अबुधाबी । दीपिका ज्ञवालीको अध्यक्षतामा १५ सदस्यीय रुपन्देही सेवा समाज, युएईको अबुधाबी क्षेत्रीय समिति गठन भएको छ । ८ जुलाई २०१६ शुक्रबारका दिन अबुधाबीको स्ट्रीट एरियामा रहेको तारा मल्लको निवासमा समाज केन्द्री अध्यक्ष हरि चापागाईंको अध्यक्षतामा उक्त समिति गठन भएको हो ।

rupandhei samaj]समाजको अबुधाबी क्षेत्रीय समितिको उपाध्यक्षमा पुष्कर श्रेष्ठ र गुन्जमान बिक रहेका छन् भने  सचिवमा बीरेन्द्र कँडेल,  सहसचिव सोनु मल्ल रहेका छन् ।

सदस्यहरुमा बुद्धिराम थारु, प्रताप मल्ल, नारायण गिरी, विजय गौतम, किरण आले मगर, सुरज घिमिरे, महेश मल्ल सल्लाहकारहरुमा तारा मल्ल, चन्द्र सारु मगर, लक्ष्मण सुबेदी रहेका छन् ।

समिति गठनको अबसरमा विष्णु सापकोटा, धर्म भट्टराई, लेखनाथ पाण्डेय, गीतामणि पाण्डेय, विश्वास पोखरेलको उपस्थित थिए ।

रुपन्देही जिल्लाबाट रोजगारीको सिलसिलामा युएईमा कार्यरत रुपन्देहीबासीहरुलाई गोलबन्द गर्दै २०१४ मा स्थापना गरिएको यो संस्थाले युएई लगायत नेपालमा सहयोग गर्दै आएको छ । युएईका सबै प्रान्तहरुमा समिति गठन गर्ने निर्णयसँगै अबुधाबीमा क्षेत्रीय समिति गठन गरिएको हो भने रासलखेमामा तदर्थ समिति गठन गरिएको छ ।

युएईमा रहेका रुपन्देहीबासीलाई समाजमा आबद्ध हुन अनुरोध गर्दै आगामी सेप्टेम्बर ९ तारिक इम्पेरियल सुइट होटेलमा महिलाहरुको चाड तीज विशेष कार्यक्रम गरिने भएकोले सबै जिल्लाबासी तथा अन्य नेपालीहरुलाई समाजका अध्यक्ष हरि चापागाईले निमन्त्रणा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?