Comments Add Comment

साउदीमा लोकप्रिय भिडियो गेम पोकेमन माथि प्रतिबन्ध

७ साउन, काठमाडौं । साउदी अरवको धार्मिक मामलासम्बन्धि सर्बोच्च संस्थाले हालसालै सार्वजनिक गरिएको लोकप्रिय भिडियो गेम पोकेम्यान गोलाई प्रतिबन्ध लगाउन उर्दी जारी गरेको छ ।

Pokemon Go banedयस संस्थाले सन् २००१ मा जारी गरेको उर्दीलाई फेरि लागू गरेको छ । त्यस समयमा पनि पोकेम्यानलाई प्रतिबन्ध लगाउन उर्दी जारी गरिएको थियो ।

पोकेम्यान गो आधिकारिक रुपमा साउदी अवरमा उपलब्ध हुँदैन । साउदी अरवमा निक्कै रुढीवादी र परम्पदावादी समाज छ । तर थुप्रै मानिसले प्रोक्सी सर्भरको प्रयोग गरेर डाउनलोड गरी खेलिरहेका छन् ।

पोकोम्यान गो सन् १९९६ को निन्टेडो गेममा आधारित छ र यो अहिले संसारभर निक्कै चर्चित बनिरहेको छ । यस गेममा खेलाडीहरु वास्तविक संसारमा कार्टुन राक्षसको खोजी गरिरहेका हुन्छन् ।

काउन्सिल अफ सिनियर रिलिजियस स्कलर्सका महासचिवले भनेका छन् कि यसबारेमा धेरै मानिसहरुले प्रश्न गर्न थालेका कारण सन् २००१ मा प्रतिबन्धका लागि जारी गरिएको उर्दी पुनः अहिले लागू गरिएको हो ।

यस उर्दीमा भनिएको छ, ‘पोकेम्यान जुवासँग निक्कै मिल्दोजुल्दो छ र यो चार्लस् डार्विनको बिकास सिद्धान्तमा आधारित छ । जसलाई इस्लाम धर्मले मान्यता दिँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment