Comments Add Comment

कराते खेलाडी ठकुरीलाई अमेरिकामा दुई राष्ट्रिय स्वर्ण पदक

ujjwal thakuriवाशिंगटन । अमेरिकाको नर्थ क्यारोलिनाको ग्रिन्सबोरोमा जारी युएसए मास्टर्स गेम्स नामक राष्ट्रिय खेलमा डिसीका कराते खेलाडी उज्ज्वल ठकुरीले दुई राष्ट्रिय स्वर्ण पदक हात पारेका छन् ।

उक्त राष्ट्रिय खेलमा खेलमा ठकुरीले भिडन्तमा एक स्वर्ण पदक तथा फांग गरि गोजुरियो करातेको परम्परागत तेन्सो कातालाई फ़ाङ्ग गरेर स्वर्ण पदक प्राप्त गर्दै नयाँ काताको सिर्जना गर्न सफल भएका छन्  ।

यस्तो प्रकारको फ़ाङ्ग गरेर किर्तिमान अहिले सम्म विश्व मै कसैले नगरेको ठकुरीले दाबी गरेका छन् ।  युएसए मास्टर्स गेम्स नामक राष्ट्रिय खेल प्रतियोगिता गत जुलाई २१ देखि जुलाई ३१ तारिख सम्म चल्ने छन् ।  र यो राष्ट्रिय खेल पहिलो पटक यसै बर्ष सन् २०१६ बाट सुरु गरिएको हो भने हरेक दुई बर्षमा यसको आयोजना गरिने आयोजकले जनाएका छन् ।  उक्त राष्ट्रिय खेलमा कराते ,भकुण्डो ,भारत्तोलन ,भलिबल ,पौडी ,गल्फ ,बेसबल ,बास्केट बल लगायत अन्य चौबिस खेलहरु समाबेस गरिएका छन् ।

ठकुरीले २ मिनटको समय भित्र पम्परागत तेन्सो कातालाई सृजना गरे l ठकुरीले अहिले सम्म १२ स्वर्ण ,४ रजत र ४ कास्य जित्न सफल भएका छन् ।  जस मध्ये ८ वटा स्वर्ण पदक करातेमा ,कातामा १ स्वर्ण ,१ तेक्वान्दोमा र २ वटा करातेको ब्रेकिङ्ग (तोड्ने )मा स्वर्ण पदक प्राप्त गरेका छन् ।  ठकुरीले दाबी गर्दै फ़ाङ्ग गरेर दाँतले १ सय पौण्ड उठाउने प्रतिबद्धता सहित गिनिज विश्व पुस्तकको लागि अभ्यास गरि रहेको बताए l ठकुरीले हरेक खेलमा नेपालको झन्डा फरफराउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment