Comments Add Comment

अष्ट्रेलियामा मनाइयो वीपी स्मृति दिवस

Bp-Smriti-Diwas

जनसम्पर्क समिति अस्ट्रेलियाले आइतबार एक कार्यक्रमबीच विपी स्मृती दिवस मनाएको छ । वीपीका आर्दश र मुल्य मान्यताका रुपमा रहेका राष्ट्रियता, प्रजातन्त्र र समाजवादन नै अहिलेको आवश्यकता रहेको स्मृती दिवसमा भेला भएका बक्ताहरुले बताएका थिए ।

विपीको यो समाजवादी बिचार वाचन गर्दै प्रारम्भ गरिएको कार्यक्रममा वक्ताहरुले कांग्रेसले आफ्ना मुल्य र मान्यता बिर्सेको कारण धेरै पटक ठक्कर खानु परेकोमा आक्रोस पोखे । नेपाली कांग्रेसले अख्तियार गरेका मूल्य र मान्यताहरुसँगै देशकाल परिस्थिति र सर्वसाधारण समर्थकहरुको भावना र चाहना प्रतिविम्बित हुने गरी कार्यान्वयन गर्दै अगाडि बढेमा मात्र विपीको सच्चा श्रद्धान्जली हुने कुरा कार्यक्रमका प्रमुख अतिथी तथा एनआरएन अस्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देलले बताए ।

वि.स. २००३ सालमा देवव्रत परियार संस्थापक सदस्य बनेको अनि २००५ सालमा आरबी गहतराज निर्वाचित भएको तथा बि.स.२००९ मा धनमान सिंह परियारलाई महामन्त्रीमा मनोनित गरेको नेपाली कांग्रेसको इतिहासले बीपीको कुसंस्कार अनि जातीय छुवाछुत विरुद्धको सोच छर्लङ्ग पारेको सिग्देलले बताए ।

कार्यक्रममा जनसम्पर्क समितिका अध्यक्ष कृष्ण गिरीले विपीको सिद्धान्तलाई ब्यवहारमा लागु गर्न सके उनको सच्चा श्रद्धान्जली हुने बताए । सभापतिको आशनवाट बोल्दै गिरीले भने हामी प्रवासमा रहेर पनि यो बिचारलाई अंगिकार गर्न सकेमा आपसी भाइचारा र एकाकार समाज निमार्णमा मद्दत पुग्ने बताए ।

कार्यक्रममा जनसम्पर्क समितिका संरक्षक प्रेम सापकोटाले बीपीको भनाइ उद्धत गर्दै भने -‘ किसान भनेको देशका नब्बे प्रतिशत जनता हो र प्रजातन्त्र भनेको त्यही नब्बे प्रतिशत जनता -‘ बीपीको स्मृती दिवस मनाउदै गर्दा हामीले उहाँको सिद्धान्तलाई अनुसरण गर्न सक्यौ भने मात्र नेपाली कांग्रेसको सच्चा अनुयायी हुन सक्ने सापकोटाले बताए ।

कार्यक्रममा एनआरएनका सदस्य बिवेक थापाले विपीको सच्चा अनुयायी बन्न समाजवादी बन्नु जरुरी भएको बताए । कार्यक्रममा एनआरएन आइसीसी पुर्व सदस्य निरज श्रेष्ठले प्रबासमा आएर विपी सम्झनु आफैमा गौरवको बिषय भएको बताए ।

उनले विपीको स्मृति दिवसमा उनका बिचारलाई अगींकार गर्ने प्रण गरेमात्र नेपाली कांग्रेसले सोचे अनुरुप जनतामाझ आफुलाई उभ्याउने बताए । कार्यक्रममा एनआरएनका सदस्य नन्द गुरुङ , एनआरएन एनएसडब्लुका सल्लाहकार थानु शाक्य , सचिव भुपाल सिटौला , हिरा कडेंल ,भिमराज सुब्बा , निर्जन चौलागार्इ , रोहित खड्का, माधव गैरै लगायतले वीपीको संझनागर्दै उनको पथमा हिड्न सके मात्र कांग्रेस र काग्रेसजनको हित हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment