Comments Add Comment

‘भिलेन’ गौरव

gaurab pahari
यस्तो लाग्दैछ, नायक गौरव पहारी अब खलनायकको बाटोतर्फ लाग्दैछन् । गौरवले केही समय अगाडि काठमाण्डौमा आयोजित चलचित्र ‘ग्याङस्टार ब्लूज’को कार्यक्रममा आफू नायक भन्दा पनि भूमिका अनुसार अगाडि बढ्ने बताएका थिए ।

चलचित्र ‘मञ्जरी’मा उनले ‘फोहोरी केटो’ बनेर निर्वाहा गरेको भूमिकालाई पनि खुबै रुचाइएको थियो । गौरवले यसपछि ‘होस्टेल, गाजलु’ जस्ता प्रोजेक्टमा काम गरे । तर, यी चलचित्रमा उनलाई भन्दा नायक अनमोल केसीलाई बढी फोकस गरियो । चलचित्र हेरेपछि भने उनको कामको चर्चा भयो ।

चलचित्र ‘ग्याङस्टार ब्लूज’मा गौरव खलनायकको भूमिकामा देखिदैछन् । उनले यो चलचित्रको पत्रकार सम्मेलनमा भूमिका मन परेकाले काम गरेको बताएका थिए ।
अब, उनै गौरव श्याम अर्यालको प्रस्तुती र रतन थापाको निर्माणमा बन्न लागेको चलचित्र ‘मरिना’मा पनि खलनायकको भूमिकामा देखिनेछन् । यो चलचित्रमा उनले नायक आर्यन सिग्देलसँग दुश्मनी मोल्नुपर्नेछ । प्रस्तुतकर्ता श्याम अर्यालले गौरवको भूमिकाको पुष्टी गरेका छन् ।

चलचित्रमा गौरव ‘विरेन’ नाम गरेका प्रोफेसरको भूमिकामा देखिन लागेको श्यामले जानकारी दिएका छन् । गौरव चलचित्रमा नायक भन्दा पनि भूमिका अनुसार सुहाउने पात्रको रुपमा हिट छन् । यो चलचित्रको छायांकन सुरु हुने भनिएतापनि नायिका प्रियंका कार्की अमेरिका रहेकाले काम हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment