Comments Add Comment

पर्यटकको पर्खाइमा रारा (फोटो फिचर)

Rara Lake (5)१५ साउन, काठमाडौं । हरिया पहाडको बीचमा निलो मसी घोप्टाएजस्तै देखिन्छ, मुगुको रारा ताल । यहाँ पुग्ने मानिसहरु राराको सुन्दरतामा मन्त्रमुग्ध हुन्छन् । जीवनमा एक पटक पुग्नैपर्ने ठाउँ हो, रारा ।

तत्कालिन राजा महेन्द्रले रारालाई स्वर्गकी अप्सरासँग तुलना गरेका थिए । २०२० सालमा रारा पुग्दा उनी यति प्रभावित भएछन्, फर्किएर ‘रारा कि अप्सरा’ कविता कोर्न बाध्य भए । यो कविताले पनि रारालाई थप चर्चित बनायो ।

समुन्द्र सतहबाट राराताल २९७२ मिटर उचाईमा रहेको छ । यहाँको शितल र शान्त वातावरणले पर्यटक मोहित हुन्छन् । गुराँस फुल्ने सिजनमा रारा रंगीन बनेको हुन्छ । यहाँबाट देखिने सेता हिमालले पनि राराको सुन्दरता अझ बढाइदिएको छ ।

रारालाई स्वर्गको टुक्रासँग तुलना गरिन्छ । तर, पर्यटक यहाँ कमै पुग्छन् । पृथ्वीकै सुन्दर र हराभरा भएर पनि रारा सुनसान छ । प्रशस्त पर्यटकीय सम्भवना हुँदा हुँदै पनि रारा ओझेलमा परेको छ । रारा केवल तस्वीर र शब्दमा मात्र चर्चित रहेको छ ।

Rara Lake (1)

पर्यटकीय पूर्वाधार नभएर पनि रारा पर्यटकको रोजाईमा पर्न नसकेको हो । पर्यटकलाई यहाँ आवत-जावत गर्न र खान बस्नका लागि राम्रो सुविधा छैन । धेरै मानिसहरु चाहेर पनि रारा पुग्न सकिरहेका छैनन् ।

रारामा कतिपय पर्यटक हेलिकप्टर लिएर पुग्छन् । कतिपय मुगु विमानस्थल हुँदै रारा पुग्छन् । केही पर्यटक ट्रेकिङ गर्दै रारासम्म पुग्ने गरेका छन् । तर, यो प्रयाप्त छैन । आवश्यक पूर्वाधार विकास गरेर रारालाई आकर्षक पर्यटकीय गन्तव्य बनाउनुपर्ने बताउँछन्, शुक्लाफाँटा जंगल कटेज रिसोर्टका सञ्चालक प्रमानन्द भण्डारी ।

शुक्लाफाँटा बन्यजन्तु आरक्षमा रिसोर्ट चलाइरहेका भण्डारीले पर्यटकलाई रारासम्म पुर्‍याउन प्याकेज बनाउँदै छन् । पर्यटकलाई पहाडी जिल्ला घुमाउँदै कसरी रारा पुर्‍याउन सकिन्छ भनेर उनले हालै गाडीमा रारा पुगे । आगामी सिजनमा राराको प्याकेज बनाएर पर्यटक लैजाउने उनको तयारी छ ।

Rara Lake (2)Rara Lake (4)Rara Lake (6)Rara Lake (7)Rara Lake (8)Rara Lake (9)Rara Lake (10)Rara Lake (11)Rara Lake (12)Rara Lake (13)Rara Lake (14)Rara Lake (15)

तस्वीर सौजन्य: शुक्लाफाँटा जंगल कटेज रिसोर्ट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment