Comments Add Comment

मधेसी मोर्चाको भोट प्रचण्डलाई, उपेन्द्र आफैं समर्थक बसे

madesi_congress

१८ साउन, काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितको संघीय गठवन्धनले भोलि संसदमा हुने प्रधानमन्त्री चुनावमा पुष्पकमल दाहाल प्रचण्डलाई समर्थन गर्ने भएको छ ।

सरकार गठनको तयारीमा रहेका कांग्रेस र माओवादी र मधेसी मोर्चाबीच सहमति भएको छ । सहमतिसँगै प्रचण्डले प्रधानमन्त्रीमा उम्मेदवारी दिएका छन् । उनको उम्मेदवारीमा मधेसी मोर्चाका उपेन्द्र यादव, सर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्ण समर्थक बसेका छन् ।

प्रचण्डको उम्मेदवारी दर्तापछि सद्भावनाका संसदीय दलका नेता कर्णले प्रधानमन्त्री चुनावमा प्रचण्डलाई भोट दिने तर, आफूहरु सरकारमा नजाने बताए ।

उनका अनुसार सहिद घोषणा, घाइतेको उपचार खर्च लगायतका माग क्याविनेटबाट सम्बोधन गर्ने र छिट्टै संविधान संशोधन प्रस्ताव लैजाने सहमति भएको छ । सहमतिको मस्यैदा तयार हुँदैछ । र, आजै सहमतिमा हस्ताक्षर गर्ने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment