Comments Add Comment

बँदेल धपाउन रातभर बारीमै जाग्राम

badel८ भदौ, सल्यान । सल्यानको उत्तरी क्षेत्रमा रहेका गाविसमा बँदेलले बालीनाली सखाप पार्न थालेपछि स्थानीयबासी बारीमै जाग्राम बस्न थालेका छन् ।

रातको समयमा बँदेलको समूह आएर मकै, कोदोलगायतको बाली नाली नष्ट गर्न थालेपछि स्थानीय बालीनाली जोगाउन रातभर बारीमै जाग्राम बस्न थालेका हुन् ।

मकै पाक्न लागेको समयमा नजिकैका जङ्गलबाट बँदेलको समूह आएर मूलखोला, देवस्थल र घाँजरी पिपल गाविसका स्थानीयले लगाएको बालीनाली सखाप पार्न थालेपछि उनीहरु चिन्तित हुन थालेका छन् ।

बँदेलको समूहले मकै, बदाम, अदुवा, बेसार, पिडालु, तरुललगायतका बाली नाली नष्ट पारेको मूलखोला–५ का महेन्द्र बूढाले जानकारी दिए ।  “बर्सेनी पाक्न लागेको बाली नष्ट गरेर बँदेलले दुःख दिन थाले, बालीनाली जोगाउन बारीमै रातभर जाग्राम बस्नुपर्ने भयो,” बूढाले भने ।

लगातार तीन वर्षदेखि बँदेलको समूहले मूलखोला वडा नं ४ र ५, देवस्थलको २, ४ र ५ वडामा करिब २०० रोपनीमा लगाएको बाली सखाप पारेको स्थानीयको भनाइ छ । बँदेलको समूहले सबैभन्दा बढी मकैबालीमा क्षति पुर्याएको स्थानीय दुर्गा विसीले जानकारी दिए ।

बँदेलको समूहले मानिसलाई समेत आक्रमण गरेर घाइते समेत बनाउने भएकाले स्थानीय त्रसित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment