Comments Add Comment

नेपाल-अंग्रेज युद्धको सम्झना गर्दै पाल्पामा ‘भगवतीजात्रा’ मनाइयो

Bhagwati-jatra-4

१० भदौ, पाल्पा । नेपाल-अंग्रेज युद्धको सम्झना स्वरुप मनाइने भगवतीजात्रा पाल्पाको सदरमुकाम तानसेनमा शुक्रबार धुमधामका साथ मनाइएको छ ।

हरेक वर्ष भाद्र कृष्ण नवमीका दिन तानसेनमा भव्य र हर्षौल्लासका साथ मनाइने भगवतीटोलस्थित श्री ७ रणउजिरेश्वरी भगवती मन्दिरकोे १९८औं जात्रा आज मनाइएको हो । भगवती जात्रा हेर्न आउने दर्शनार्थीहरुको विहानैदेखी घुइँचो लागेको थियो ।

Bhagwati-jatra-

नेपाली सेनाले पञ्चबली दिएर विशेष पूजाअर्जना गरी दिउँसो १ बजे जयजयकार सहित रथलाई ३ पटक मन्दिर परिक्रमा गराइएको थियो । मन्दिरबाट बाजागाजाका साथ सुरु भएकोे रथयात्रा दरबारको मुलढोकाबाट निकालिएको थियो । दरवार परिसरमा प्रमुख जिल्ला अधिकारी बाबुराम गौतम, प्रहरी प्रमुख एसपी हरिराज वाग्ले लगायतले पुजा तथा बली दिएका थिए ।

भाद्र कृष्ण अष्टमीको साँझदेखी जाग्राम बसेर भजनकृतन गर्ने र मध्यरातमा भगवतीको पुजाआजा गरी रथलाई तयारी अवस्थामा राखिएको थियो ।

Bhagwati-Jatra-1

आज विहानैदेखी भगवतीको मूर्तिमा पुजाआजा गर्नेको भीड लागेको थियो । जात्रा हेर्न पाल्पासँगै छिमेकी जिल्लाहरु गुल्मी, अर्घाखाँची, रुपन्देही, स्याङजा, कपिलवस्तु लगायतका स्थानबाट दर्शनार्थीहरु तानसेन आएका थिए ।

ऐतिहासिक जात्रा भएकोले यसलाई राष्ट्रिय पर्वका रुपमा मनाउनुपर्ने श्री ७ रणउजिरेश्वरी भगवती मन्दिर गुठीका अध्यक्ष राजेश्वर उदयको माग छ ।

रुपन्देही र पाल्पाको सीमा मानिने जितगढीमा वि.सं. १८७१/०७२ को नेपाल अंग्रेज युद्धमा नेपाली फौजले विजय हासिल गरेपछि भगवतीको रथयात्रा निकाल्दै आइएको इतिहासका जानकार बताउँछन् ।

Bhagwati-jatra-2

युद्ध जितेपछि विसं १८७७ देखि भगवतीको मूर्तिलाई रथमा राखेर सिन्दुरयात्रासहित बजार परिक्रमा शुरु गरेको इतिहासमा पाइन्छ । रथयात्रासँगै र्‍याली तथा झाँकीमा नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, निजामती कर्मचारी, शिक्षक, विद्यार्थी, विभिन्न टोलविकास संस्था, आमा समूहहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment