Comments Add Comment

धनुषामा मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

११ भदौ, जनकपुर । धनुषाको हजरा चोरमा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने अर्का एक गम्भीर घाइते भएका छन् ।

accidentजनकपुर आउँदै गरेको ज ७ प ५७१७ नम्वरको मोटसराइकल र विपरित दिशाबाट जाँदै गरेको ना ३६ प ९३१९ को मोटरसाइकल जनकपुर-ढल्केवर सडक खण्डको हजरा चोरमा ठक्कर खाएका थिए ।

दुर्घटनामा परी मृत्यु हुनेमा सर्लाही गौरीशंकर-१ का ३२ वर्षीय मुकेश चौधरी छन् भने अर्को एकको सनाखत हुनसकेको छैन ।

दुर्घटनामा मृतक मुकेश चौधरीकी भाउजु शुस्मा चौधरी गम्भीर घाइते भएकी छिन । जनकपुर अंचल अस्पतालले उनलाई थप उपचारका लागि धरान रिफर गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment