Comments Add Comment

गुगलले किन्दैछ टि्वटर

google-and-twitterमाइक्रोब्लगिङ साइट टि्वटरले पछिल्ला केही वर्षयता विभिन्न कठिनाईहरुको सामना गरिरहनुपरेको छ ।

संकटको सामना निरन्तर गरिरहँदा टि्वटरले आफैलाई बेच्ने तयारी गरेको छ । टि्वटरले आफ्नो बिक्रिका लागि विभिन्न कम्पनीहरुसँग कुराकानी गरिरहेको छ । टि्वटरको खरीदबिक्रिको छलफलमा सहभागी हुने कम्पनीहरुमध्ये गुगल पनि रहेको छ ।

सन् २०१३ यता टि्वटर कम्पनीको वृद्धिदर निकै सुस्त छ । नयाँ प्रयोगकर्ताहरुको संख्या भलै बढिरहेको किन नहोस्, तर एक्टिभ युजर्सको संख्यामा धेरै वृद्धि भैरहेको छैन । व्यवस्थापन तहमा पनि टि्वटरलाई कैयन् झट्का लागिसकेका छन् ।

रिपोर्ट अनुसार टि्वटरले आफ्नो कम्पनी बिक्रि गर्नका लागि अल्फाबेट मातहतको गुगलसँग कुराकानी गरिरहेको छ । त्यस्तै सैल्सफोर्स डटकम सँगपनि टि्वटरले कुराकानी गर्न गईरहको र छिटै नै टि्वटरको अफर प्राप्त हुने बताइएको छ । टि्वटर कम्पनीको बजार मूल्य अहिले १६ अर्ब डलर रहेको छ ।

टि्वटरको बिक्रिका विषयमा गुगल तथा सेल्सफोर्ससँग कुराकानी भैरहेको बताइएपनि यस विषयमा टि्वटर, गुगल तथ सेल्सफोर्सले कुनै टिप्पणी जनाएका छैनन् ।

टि्वटरको खरीद बिक्रिका विषयमा वार्ता चलिरहेको खबर सार्वजनिक भएसँगै शुक्रबार टि्वटरको शेयरमा २० प्रतिशतले बढोत्तरी भएको थियो र मूल्य २२.४६ डलर पुगेको थियो ।

विश्लेषकहरुका अनुसार गुगलको मातृ कम्पनी अल्फाबेटका लागि टि्वटर खरीद गर्नु सकारात्मक कदम हुनेछ । किनकी अहिलेसम्मका कैयन् कोसिसहरुका बाबजुत पनि गुगलले सोसल मिडियाको क्षेत्रमा खासै प्रगति गर्न सकिरहेको छैन ।

रिपोर्ट अनुसार टि्वटर कम्पनीको खरीद बिक्रिको सम्झौता २२ डलर प्रतिशेयर मूल्यमा हुनसक्दछ । सन् २०१३ मा पहिलोपटक शेयर जारी गर्दा टि्वटरको शेयर मूल्य २६ डलर थियो । आइपिओ जारी भएको एक महिनामै टि्वटरको शेयर मूल्य उकाशिएर ७४ डलर सम्म पुग्यो । तर त्यसपछि भने टि्वटरको शेयर मूल्य ओह्रालो लागिरह्यो र गत बुधबार १८.६३ डलर सम्ममा झरेको थियो ।

विज्ञापनदाताहरु त्था प्रयोगकर्ताको बीचमा फेसबुक, इन्टाग्राम तथा स्नापच्याटजस्ता प्लेटर्फम बढि लोकपि्रय बनिरहेका छन् । यस्तोमा लगानीकर्ताहरु यो कुरामा चिन्तित छन् की टि्वटर कहिलेसम्म एक्लो कम्पनीको रुपमा बजारमा टिक्न सक्ला ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment