Comments Add Comment

कांग्रेसप्रति ओली झन् आक्रामक, भने- उग्राएको भैंसी जस्तो

kp oli

१० असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कांग्रेसप्रति आक्रामक रुपमा प्रस्तुत भएका छन् । आइतबार कांग्रेसलाई शिकार गरेर अघाएको बाघसँग तुलना गरेका उनले सोमबार ‘टन्न घाँसकुँडो खाएर अघाएको भैंसी जस्तो’ भनेका छन् ।

एमाले तीन नम्बर प्रदेशको भेलामा एमाले अध्यक्ष ओलीले भने, ‘नेपाली कांग्रेसले के खायो थाहा छैन । तर, टक्क घाँसकुँडो खाएपछि भैंसी उग्राएर बस्छ नि…अ्याम-अ्याम गर्छ नि (हाँसो) मतलबै नभएको जस्तो । नेपाली कांग्रेस त्यस्तै भइरहेको छ ।’

उनले अघि भने, ‘राष्ट्रिय नीति उसको के हो ? छिमेक नीति के हो ? भइरहेका काममा कांग्रेसको दृष्टिकोण के हो ?’

कांग्रेस आकार, प्रकार र साइजले प्रमुख पार्टीको हैसियतमा डम्म परेर बसेको तर, केही नबोलेको उनले बताए । पूर्वप्रधानमन्त्री ओलीले भने, ‘मानिलिउँ केही भएकै छैन ।’

हेर्नुहोस् भिडियो 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment