Comments Add Comment

विपक्षी नेता ओलीले सरकारसँगको सम्बन्धबारे संसदलाई सम्बोधन गर्ने

PM-KP-Oli११ असोज,काठमाडौं । सरकार र प्रमुख प्रतिपक्षबीच सम्बन्ध राम्रो हुन नसकिरहेकै बेला प्रमुख विपक्षी नेता केपी शर्मा ओलीले आज संसदमा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीबाट बाहिरिएपछि संसदमा ओलीले पहिलो पटक सम्बोधन गर्न लागेका हुन् ।

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा भएका सम्झौता विवादस्पद र नेपालको हित विपरित रहेको भन्दै एमालेले आलोचना गरेका सन्दर्भमा ओलीले यो विषयलाई संसदमा प्रवेश गराउन लागेका हुन् ।

भूकम्प पीडितलाई पहिलो किस्ता रकम आफ्नो पालामै शुरु भएको र सबै तयारी आफूले सके पनि सो अनुरुप काम हुन नसकेको विषय ओलीले उठाउन लागेका छन् ।

यसका साथै संविधान संशोधनको चर्चाका बारेमा पनि ओलीले एमालेको धारणा संसद मार्फत जनतामा लैजान खोजेका छन् । आज संसद बैठकमा नेता ओलीले पछिल्लो राजनीतिक परिस्थितिबारे एमालेका धारणा राख्न सम्बोधन गर्ने एमाले सांसद सुनुवारले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment