Comments Add Comment

नेपाली जहाजमा पनि ग्यालेक्सी नोट ७ प्रतिवन्ध

samsung-galaxy-note-7

१२ असोज, काठमाडौं । यती एयरलाइन्सले आफ्नो विमानमा सामसुङ ग्यालेक्सी नोट ७ प्रयोगमा निषेध गरेको छ ।

पछिल्लो समय ग्यालेक्सी नोट ७ को ब्याट्रीमा समस्या देखिएको छ । र, विभिन्न देशमा ब्याट्री पडि्कएको घटना सार्वजनिक भएको छ ।

सामसुङले पनि कमजोरी स्वीकार गर्दै बजारमा गइसकेको यो फिर्ता लिने घोषणा गरिसकेको छ ।

यती एयरलाइन्सले सूचना जारी गरी विमानमा यात्रा यर्दा सामसुङ ग्यालेक्सी नोट ७ प्रयोग नगर्न भनेको छ । साथै फ्लाइट मोडमा राख्न समेत पाइनेछैन ।

यात्रुसँग यो फोन भएमा स्वीच अफ गरेर हाते झोलामा राख्नु पर्ने एयर लाइन्सले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment