Comments Add Comment

एकाधिकार तोडिँदा बिरोध, यातायात ठप्प

Night bus१५ असोज, काठमाडौं । पासाङलहामु यातायत सेवा समितिले नुवाकोट र रसुवामा एकाधिकार तोडिएको विरोधमा शुक्रबार यातायात ठप्प बनाएको छ ।

नुवाकोट रसुवामा ३२ वर्षदेखि एकलौटी बस सेवा सञ्चालन गर्दै आएको समितिको एकाधिकार तोड्दै एक महिनादेखि केरुङ यातायातले छुट्टै बस सञ्चालन गरेको विरोधमा पासाङल्हामुका बस सञ्चालक विरोधमा उत्रिएका आजको अन्नपूर्णमा समाचार छ ।

विहानैदेखि पासाङल्हामु यातायात सेवा समितिले एक सय ५० भन्दा धेरै बस सदरमुकाम बिदुरसहित आसपासका सडकमा तेर्साएर अवारेध गरेका थिए ।

काठमाडौंबाट नुवाकोट तथा रसुवाबाट काठमाडौंका लागि हिँडेका बस प्रहरीले सुरक्षा दिन नसक्ने जनाएपछि बीचबाटोमै रोकिएका छन् ।

पासाङल्हामु यातायात समितिले बस तेर्साएपछि अन्य सवासरीसाधनको अवतजावतमा समेत मस्या परेको छ । स्थानीय प्रश्ाासनले  हटाउन पहल नगरेको गेर्खुका डा. उद्धव प्याकुरेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment