Comments Add Comment

तेक्वान्दोमा नेपाललाई चार स्वर्ण

६ कात्तिक, काठमाडौं । थाइल्याण्डको राजधानी बैककमा सम्पन्न भएको दोस्रो हेरोज अन्तराष्ट्रिय तेक्वान्दो च्याम्पेनसिप प्रतियोगीतामा नेपाललाई चार स्वर्ण र चार रजत पदक प्राप्त भएको छ ।

उक्त प्रतियोगीतामा भाग लिन नेपालबाट नेप्लिज तेक्वान्दो एकेडेमीका चार र अन्य दुई खेलाडी बैकक पुगेका थिए । शनिबार सम्पन्न भएको खेललमा एकेडेमीका खेलाडी विवेक श्रेष्ठले पुम्सेतर्फ स्वर्ण पदक ल्याएका छन् । भारतीय खेलाडीलाई फाइनलमा हराएर उनले पहिलो स्थान सुरक्षित गरेका हुन् । तौल समूहबाट पनि रजत पदक हासिल गरे । तौल समूह अन्तर्गत भएको खेलमा थाइलैण्डसंग पराजित हुंदै रजत पदक प्राप्त गरे ।

त्यसैगरी एकेडेमीकै चन्दु शाहीले काजकिस्थानको खेलाडीलाई हराउंदै पुम्सेमा स्वर्ण पदक हासिल गरेकी छिन् । पुष्पप्रसाद गौतमले पनि फाइनलमा मलेसियालाई हराउंदै स्वर्ण जिते । एकेडेमीका प्रमुुख प्रशिक्षक तथा खेलाडी असोक खड्काले फाइनलमा थाइलैण्डसंग हुंदै रजत पदक प्राप्त गरे ।

त्यसैगरी, तौल समूहमा प्रतिस्पर्धा गरेकी प्रतिज्ञा भण्डारीले थाइलैण्डको खेलाडीलाई हराउंदै स्वर्ण पदक जितिन् । तिलक लामाले भने ८० केजी तौल अन्तर्गत भएको खेलमा भारतसंग पराजित हुंदै रजत पदक प्राप्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment