Comments Add Comment

रौतहटमा नदीमा डुबेर २ को मृत्यु

dubera-death
७ कात्तिक, रौतहट । रौतहटको चन्द्रपुर- ८ नुनथरमा रहेको बागमती नदीमा पौडी खेल्न गएका एक युवकको डुबेर मृत्यु भएको छ । चन्द्रपुर ३ का २५ वर्षीय रजत लामिछानेको नदीमा डुबेर मृत्यु भएको हो ।

उनी काठमाडौंमा बीबीए अन्तिम बर्षमा अध्ययनरत थिए । दशैंमा घर आएका उनी साथीहरुसँग पौडी खेल्न बागमती नदीमा पौडी खेल्न गएका थिए । शनिवारदेखि नदीमा बेपत्ता भएका लामिछानेको शव आइतवार विहान फेला पारेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरिक्षक यादव ढकालले जनाएका छन ।

यसैगरी रौतहटको राजपुर तुलसी-१ को झाझ खोलामा पनि एक व्यक्तिको शव फेला परेको छ । नाम वतन नखुलेका ५५ वर्षीय पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल गौरमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment