Comments Add Comment

बुम रेमिट र सिद्धार्थ डेभलपमेन्ट बैंकबीच रेमिट्यान्स सम्झौता

boom-remit-n-siddrtha
७ कात्तिक, काठमाडौं । रेमिट्यान्स सेवा प्रदायक कम्पनी बुम रेमिट्यान्स लिमिटेड र सिद्धार्थ डेभलपमेन्ट बंैक लिमिटेड बिच रेमिट्यान्स रकम भुक्तानी गर्ने सम्झौता भएको छ ।

सम्झौता भएसँगै अब बुम रेमिट्यान्स मार्फत पठाइएको रकम सिद्धार्थ बैकको शाखामा पनि भुक्तानी लिन सकिने भएको छ ।

बुम रेमिट्यान्सका प्रबन्ध निर्देशक धिरेन्द्र पन्त र सिद्धार्थ डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले सम्झौता पत्रमा हस्ताक्षर गरेको हुन् ।

बुम रेमिट्यान्सको ७५ वटै जिल्लामा ३१५० वटा भन्दा बढि सब-ऐजेन्टहरु छन् । हाल बुम रेमिट्यान्सले खाडी मुलूकबाट रेमिट्यान्सको कारोवार गर्दै आएको छ ।

र यसै गरी मलेसिया, कोरिया, जापान, क्यानडा, अस्टे्रलिया, युरोप, इजरायल, माल्दिभस, भारत र अमेरिकाबाट समेत कारोवार सुरु गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment