Comments Add Comment

बुधबारका टप १० समाचारः लोकमानले भराएको १३ पान्नेदेखि राजेश हमाल टिप्पणीसम्म

आज बुधबार दिनभर अनलाइनखबरमा सयौं समाचार अपटेड भए । त्यस मध्ये पाठकले सबैभन्दा धेरै रुचाएका टप १० समाचार तपाईंले छुटाउनु भयो कि ?

के हो लोकमानले ‘विरोधी’लाई भराएको १३ पन्ने ?

13-panne

तत्कालीन शाही सरकारका मुख्य सचिव लोकमानसिंह कार्की अख्तियारको प्रमुख आयुक्त नियुक्त भएपछि आफ्ना विरोधी कर्मचारीहरुलाई १३ पन्ना विवरण भर्न लगाएको विषयले अहिले चर्चा पाएको छ । यससँगै कतिपयमा ‘१३ पन्ना’ के हो भन्ने जिज्ञासा पनि उठेको छ ।

धसिंगरेको आम्दानीः एघार वर्षे वालिकाको कमाइ ५० हजार !

उनी विहानै उठेर हातमा हँसिया र पिठ्यूँमा डोको भिरेर भित्तरी खानी र झिलमिलेको जंगलमा पस्छिन् । भात खाने बेला डोकोभरि घाँस बोकेर फर्किन्छन् । उनले काटेर ल्याएको घाँस विरौटाको सेती भूमे सुगन्धित तथा जडिबुटी तेल प्रशोधन उद्योगले १० रुपैयाँ प्रति किलोको दरले किन्छ ।

महिलाले अख्तियार प्रमुखको जिम्मेवारी सम्हाल्ने बाटो खुल्यो !

कांग्रेस, एमाले र माओवादी केन्द्रका युवा नेता तथा सांसदहरुको एउटा अनौपचारिक छलफलमा कांग्रेस नेताहरुको साझा चिन्ता देखियो- लोकमानगएपछि कम्युनिस्टहरु मिलेर अख्तियारमा उनीहरु अनुकूलको प्रमुख आयुक्त ल्याउने पो हुन् कि ?

गगन थापाले लोकमान जस्तै ठानेका हुबर को हुन् ?

हाम्रो अख्तियार जस्तै अमेरिकाको एफबिआइ अर्थात संघीय जाँच व्यूरोका पहिलो प्रमुख थिए हुबर । आखिर हुबर र लोकमानको तुलना किन भयो त ? यसका लागि हुबरको इतिहास जान्नैपर्छ ।

संसद बैठक दुई साता स्थगित हुनु संयोग कि नियोजित ?

अख्तियार प्रमुख लोकमान सिंह कार्की विरुद्धको अविश्वास प्रस्तावमाथि छलफल शुरु भएकै दिन व्यवस्थापिका संसदको बैठक दुई सातालाई स्थगित गरिएपछि विभिन्न आशंका व्यक्त हुन थालेका छन् । सभामुख ओनसरी घर्ती र दलका प्रमुख सचेतकहरुले भने संसद बैठक दुई साता पर धकेलिनुलाई चाडपर्वको कारण भनेका छन् ।

हेटौंडाको नापी कार्यालयमा आगलागी, ४० घाइते

मकवानपुरको हैटौंडास्थित नापी कार्यालयमा आगलागी भएको छ । आगलागी भएको सानोपोखरास्थित भवनबाट तीन दर्जनभन्दा बढीलाई घाइते अवस्थामा उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

सिफारिस समितिको बहुमतले लोकमानलाई महाअभियोग सिफारिस गर्न सक्ने

महाअभियोग सिफारिस समितिले बहुमतका आधारमा अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्ध महाअभियोगको सिफारिस गर्न सक्ने भएको छ । सिफारिस समिति अन्तरगतको चार सदस्यीय कार्यदलले कार्यविधि बनाएर पूर्ण बैठकमा पेश गरेको छ ।

अख्तियारका निर्णय मिडियाबाट थाहा पाउँथे आयुक्तहरु

कानुनतः अख्तियारका सवै आयुक्तहरुको बैठक बसी बहुमतले निर्णय गरेर मात्रै कुनै मुद्दामाथि छानविन अगाडी बढाउनुपर्ने हो । तर, निलम्बित अख्तियार प्रमुख लोकमानसिंह कार्कीले अन्य पाँच जना आयुक्तहरुलाई भूमिकाबिहीन बनाएर एकलौटी निर्णय गर्ने गरेको खुलासा भएको छ ।

तिहारमा भाइ मसलाको भाउ छोइनसक्नु ! कुनको मूल्य कति ?

तिहारको भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई उपहार स्वरुप दिने विशेष मसला परिकारको निकै खपत हुन्छ । प्रायः सबै भारतबाटै आयात गरिने यस्ता भाइ मसलाको भाउ यस वर्ष बजारमा छोइनसक्नु भएको छ ।

लोकमानलाई सर्प बनाएर पाल्दा अहिले डसिरहेका छन्ः राजेश हमाल

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमख आयुक्त लोकमान सिंह कार्कीको बिषयमा मुख खोल्दै हमालले उनलाई ‘सर्प’ भनेका छन् । देशको राजनीतिक अवस्थाले आफूलाई दिक्क बनाएको पनि हमालको तर्क छ ।

र, यो पनि

चिनियाँ सबैभन्दा कम दयालु, सबैभन्दा दयालु देश कुन ?

गत एक महिनामा दशमध्ये आठ इराकीले यस्ता मानिसको सहयोग गरेका छन्, जसलाई उनीहरु चिन्दैनन् । लिबियाका मानिसपनि मदत गर्ने मामलामा इराकको बराबरीमा पर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment