Comments Add Comment

कञ्चनजंगा पदयात्रामा स्वागत छ ! (फोटो फिचर)

kanchangungha-tralee-6

१८ मंसिर, ताप्लेजुङ । विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघामा आरोहण खुलेको ६० बर्ष पुग्दा पनि यसको प्रचार-प्रसार भएको छैन । र, यो हिमालको फेदमा पर्यटकको आगमन जति हुनुपर्ने हो, त्यति नभएको भन्दै पहिलोपटक हिमाल भएकै जिल्लामा हिरक महोत्सवको आयोजना गरिएको छ ।

बेलायती नागरिक जर्ज ब्याण्ड र जे बाउनले सन् १९५५ को मे महिनामा कञ्चनजंगा हिमाल आरोहण गरेका थिए । मंसिर पहिलो हप्ताको अन्तिम दिन आयोजना गरिएको महोत्सवमा कञ्चनजंघा आरोहण गरेका सबैलाई सम्मानसहित सांस्कृतिक कार्यक्रम गरिएको हो ।
हिरक महोत्सवमा सहभागी हुनलाई निम्ता पाएपछि काठमाण्डौंदेखि ताप्लेजुङसम्म जाने यात्रा तय भयो ।

kanchangungha-tralee-1
मोबाइलमा गौरीशंकर हिमाल कैद गर्दै । यो हिमाल दोलखा जिल्लामा पर्छ ।

मसिर ७ देखि ९ गतेसम्म भएको महोत्सवको उद्घाटनका दिन एयरपोर्ट पुग्दा मौसम त्यति राम्रो थिएन । मौसम राम्रो नहुँदा मन खिन्न भयो ।

समयअगावै एयरपोर्ट पुगेकाले हिरक महोत्सवका मूल समितिका सहसंयोजक ईश्वरी पौडेल, प्रेस संयोजक रमेश बराल लगायतका अरु दुईजनलाई केही समय कुर्नुपर्‍यो । सबै जम्मा भएपछि मनाङ्ग एयरको हेलिकोप्टरबाट ताप्लेजुङतर्फ लागियो ।

काठमाण्डौको आकाश कुहिरो र बादलले छोप्लाजस्तो थियो । तर, काभ्रेको साँगा पार गरेपछि मौसम निकै सफा देखेपछि मन प्रफुल्लित भयो ।

kanchangungha-tralee-10

करीब एक घण्टाको यात्रामा विश्वका ८ हजार भन्दा अग्ला तीनवटा हिमाल सगरमाथा, कञ्चनजंघा र मकालु लगायतका अन्य दर्जनौं हिमालहरु हेर्न पाइयो ।

दोलखा जिल्लामा पर्ने गौरीशंकर (७१३६ मि ) हिमालको दृश्य निकै मनमोहक थियो । यो हिमाललाई भगवान गौरीका रुपमा समेत लिने गरिन्छ । दर्जनौंै हिमालहरुको दृश्य देख्दा माउन्टेन फ्लाइटमा उडान गरिरहेको जस्तो लाग्यो ।

यसक्रममा हामीले कञ्चनजंगा हिरक महोत्सवमा मूल समिति संयोजक एवं पर्यटन व्यवसायी ईश्वरी पौडेलसँग छोटो सम्वाद गर्‍यौंः

ishori-paudelकञ्चनजंघा हिमाल आरोहण सुरु भएको ६० बर्ष पुग्दा पनि यस क्षेत्रको पर्यटनमा विकास हुन किन सकेन ?

कञ्चनजंघा हिमालमा जति पर्यटकहरुको आगमन हुनुपर्ने हो, त्यति हुन सकेको छैन । यसो हुनुको प्रमुख कारण यस क्षेत्र जान र आउन समय र खर्च बढी लाग्छ । राजधानीदेखि टाढा भएका कारण पनि यस्तो भएको हो ।

यदि ताप्लेजुङको सुकेटार विमानस्थलमा नियमित उडान भएमा र राज्यले कञ्चनजंघा क्षेत्र जाने पर्यटकहरुलाई केही खुकुलो नीति लिएमा सो क्षेत्रको पर्यटकीय विकास हुने देखिन्छ ।

खुकुलो नीति भन्नाले ?

जस्तै, कञ्चनजंघा क्षेत्र निषेधित क्षेत्र रहेको छ । त्यहाँ जानका लागि कम्तिमा २ जना हुनैपर्ने प्रावधानसहित बिभिन्न निकायबाट स्वीकृति लिएर मात्रै जानुपर्ने हुन्छ । धेरै झन्झटिलो प्रक्रिया छ । यदि अन्नपूर्ण क्षेत्रमा जस्तै खुकुलो कानुनी प्रक्रिया भएमा कञ्चनजंघामा पर्यटकहरुको आगमन बढ्छ जस्तो लाग्छ ।

यस क्षेत्रको विकासका लागि अरु के गरिनुपर्छ ?

निजी विमान कम्पनीहरुले सुकेटारमा नियमित उडानका साथै नेपाल एयरलाइन्सले कम्तिमा हप्ताका ४ वटा फुलाइट गर्नुपर्‍यो । सो क्षेत्रमा जाने पर्यटकहरुलाई अन्नपूर्ण क्षेत्रको जस्तो स्वीकृति लिने प्रावाधान ल्याउनुपर्‍यो ।

अर्को, कम्तिमा दुईजना पदयात्री हुनैपर्ने प्रावधान हटाएर जतिजना पनि जान पाउनुपर्ने प्रवाधान भए राम्रो हुन्छ जस्तो लाग्छ । यस क्षेत्रमा पदयात्री तथा पर्यटकलाई चाहिने सूचनाहरु विभिन्न स्थलमा राखिनुपर्छ । साथै, ताप्लेजुङको सदरमुकाम अर्थात सुकेटारमा सूचना केन्द्रको स्थापना भएमा पर्यटकलाई सजिलो हुन्छ । अहिले कञ्चनजंघा हिमालको सूचना तथा पदयात्राको जानकारी कम छ ।

कञ्चनजंगा पदयात्राका लागि पूर्वाधारको अवस्था कस्तो छ ?

पूर्वाधारको अवस्था निकै नाजुक छ । पदयात्रामा कहीँ कतै जानकारी दिने स्थानहरु छैनन् । यसले पदयात्रीलाई निकै समस्या छ । विभिन्न स्थानमा बाटाहरु चौडा गर्नुपर्ने अवस्था छ । साथै पदयात्रीलाई चाहिने आधारभूत स्वास्थको समेत विभिन्न स्थानमा व्यवस्था गर्न सके राम्रो हुन्थ्यो ।

kanchangungha-tralee-7

kanchangungha-tralee-15
तमोर काबेली नदीको दोभान । यो दोभान ताप्लेजुग र पाँचथरको सीमाना पर्दछ ।
kanchangungha-tralee-5
विश्वको सर्वोच्च शिखर सगरमाथा

kanchangungha-tralee-10 kanchangungha-tralee-4 kanchangungha-tralee-8 kanchangungha-tralee-9 kanchangungha-tralee-11 kanchangungha-tralee-12 kanchangungha-tralee-13 kanchangungha-tralee-14

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment