Comments Add Comment

यी अमेरिकी आदिवासी, जो मान्छेको हड्डीको सुप पिउँछन्

yanomami-tribe-clothing

संसारमा यस्ता आदिवासीहरु पनि छन्, जो नरभक्षण एवं अनौठो प्रथासँग जोडिएका छन् । यी दक्षिण अमेरिकी आदिवासी हुन् । उनीहरु ब्राजिलको उत्तर र भेनेजुएलाको दक्षिणतर्फको जंगलमा बसोबास गर्छन् । खासगरी उनीहरु अमेजन बर्षा वनको किनारमा बसोबास गर्छन् । यिनीहरुलाई यानोमानी आदिवासी भनिन्छ ।

यी आदिवासी अविश्वसनीय काम र प्रथा र आफ्ना रहन-सहनका लागि चिनिन्छ । नग्न घुमफिर गर्ने, खुला आकासमुनी रात विताउने यिनीहरु आफ्नै मृत्त व्यक्ति जलाइसकेपछि त्यसको खरानीको सुप पिउँछन् । यसो गर्नाले ‘आफ्ना पि्रय व्यक्तिको आत्मा बचाउन सकिने उनीहरुको विश्वास छ ।

यी आदिवासी करिव २ सयदेखि २ सय ५० गाँउमा फैलिएका छन् । यिनीहरुमध्ये कसैले प्राकृतिक रुपमा मृत्युवरण गर्‍यो भने, त्यसको खरानी बनाएर सुप पिउँछन् । चाहे त्यो आफ्नो छोराछोरी, आमा जोसुकै होस्, त्यसको खरानीको सुप पिउनैपर्छ ।

यिनीहरुलाई मृत्युमा रत्तिभर विश्वास छैन । बरु, उनीहरु यस्तो ठान्छन् कि कुनै विपक्षी जनजातिका जादुगरले आफ्ना प्रथातिको व्यक्तिमाथि हमला गर्नका लागि खराब आत्मा पठाएका हुन् । उनीहलाई लाग्छ, त्यसैले उक्त व्यक्तिको शरीरको अन्तिम संस्कार गर्नपर्छ ।

मृत्त शरीर जलाएर त्यसको खरानीको सुप पिउनाले आफ्ना पि्रय व्यक्तिको आत्मा जीवित हुन्छ भन्ने उनीहरु विश्वास गर्छन् ।

कसरी बनाउँछन् सुप ?

उनीहरुले मृत आफन्तको शरीरलाई नजिकको जंगलमा पात पतिगांरले छोपेर छाडिदिन्छन् । ३० वा ४५ दिनपछि उक्त शरीरबाट हड्डी निकाल्छन् र त्यसलाई जलाउँछन् । हड्डी जलाएपछि जुन खरानी निस्कन्छ, त्यसलाई फर्मेट गरेको केरासँग सुप बनाइन्छ ।

यसरी मिश्रण गरिएको सुप समुदायका सबैले अनिवार्य पिउनैपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment