Comments Add Comment

चिनियाँ सरकारी पत्रिकाले भन्यो-ट्रम्प आगोसँग खेलिरहेका छन्

china-daily

३ माघ, काठमाडौं । चीनको सरकारी स्वामित्वको एक अखबारले एक चीन नीतिका सम्वन्धमा डोनाल्ड ट्रम्पको आलोचना गरेको छ । र, भनेको छ कि उनी आगोसँग खेलिरहेका छन् ।

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति ट्रम्पले एक चीन नीतिमा प्रश्न उठाएका छन् । र, हालैको एक अन्तरवार्तामा उनले यसबारे कुराकानी गर्ने बताएका छन् । वाल स्ट्रीट जर्नललाई लिएको अन्तर्वार्तामा उनले भनेका छन्, हामी मुद्दामा वार्ता गर्न तयार छौं, जसमा एक चीन नीति पनि पर्छ ।’

अमेरिकाले लामो समयदेखि एक चीन नीति लिएको थियो । र, ताइवानसँग औपचारिक सम्वन्ध राखेका थिएन । तर, डोनाल्ड ट्रम्पले त्यसलाई उल्लंघन गर्दै ताइवानसँग सम्वन्ध बढाएका छन् ।

चाइना डेलीले सोमबार सम्पादकीय लेखेर ट्रम्पलाई चेतावनी दिएको छ कि, ताइवानको मुद्धामा आगोसँग खेलिरहेको छ ।’

यसअघि चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लू काङले एक चीन नीतिमा कुनै कुराकानी नहुने बताएका थिए ।

चिनियाँ पत्रिका ग्लोबल टाइम्सले पनि एक लेखमा ट्रम्पलाई अनुभवहीन भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment