Comments Add Comment

भूकम्पपीडितले फागुनमा नयाँ ट्याक्सीको नम्बर पाउने

Taxi६ माघ, काठमाडौं । सरकारले भूकम्पबाट अतिप्रभावित १४ जिल्लाका पीडितलाई उपलब्ध गराउने भनिएको १ हजार ५ सय वटा ट्याक्सीको नम्बर फागुनको पहिलो सातासम्म दिने भएको छ ।

जसका लागि यातायात व्यवस्था कार्यालय एकान्तकुनाका ३० जना कर्मचारी एक सतादेखि नामावली रुजु गर्ने काममा खटिएको कार्यालयका प्रमुख वसन्तराज अधिकारीले जानकारी दिए । आजको राजधानी दैनिकमा समाचार छ ।

यातायात व्यवस्था कार्यालयले माघको तेस्रो साताभित्र भूकम्पपीडितको स्वीकृत नामावली प्रकाशन गरिसक्ने तयारी गरिरहेको छ ।

अन्तिम नामावलीका लागि प्रारम्भिक चरणमा ए-थ्री साइजको पेपरमा ६ हजार ४ सय पेजको तथ्यांक भएका कारण केही समय लाग्ने कार्यालय प्रमुख अधिकारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment