Comments Add Comment

जीवनका लागि संघर्षरत सुनिता, जसलाई श्रीमानले बलिरहेको टुकीले हाने

sunita-khatik-6

८ काठमाडौं, माघ । शरीरको अधिंकाश भाग जलेको छ । अनुहार, घाँटी र छातीमा बढी पोलिएको छ । त्यो पीडाले उनी हरक्षण हँ.. हँ.. गरिरहन्छिन् ।

आफ्नै श्रीमानले बलिरहेको टुकी प्रहार गरेपछि २२ वर्षीया सुनिता खटिक अहिले जीवनका लागि संघर्ष गरिरहेकी छन् । नेपालगञ्ज १२ खटिकनपुरकी सुनितामाथि पती राजेन्द्रले बलिरहेको टुकी प्रहार गरेका थिए ।

उनको अनुहारका साथै घाँटी र छातीमा बढी जलेको छ र उनको अवस्था गम्भीर छ ।

भेरी अञ्चल अस्पतालमा उपचार सम्भव नभएपछि उनलाई सासुले काठमाडौं लिएर आएकी छन् । र, शिक्षण अस्पतालमा भर्ना भएकी छन् ।

sunita-khatik-1

तर, सुनितासँग उपचार खर्च समेत छैन । अस्पताल भर्ना गर्न १५ हजार धरौटी राख्ने रकम नभएपछि डाक्टर अर्चना रञ्जितले भनिदिएकी छिन् भने औषधिका लागि उनी नै जमानी बसेर उधारोमा लिइएको छ ।

डा. रञ्जितका अनुसार सुनिताको अवस्था अहिले पनि गम्भीर छ र, घाटीमा धेरै जलेकाले पाइप हाल्नु पर्ने हुनसम्छ ।

यसैबीच महिला बालबालिका तथा समाजकल्याणमन्त्री कुमार खड्काले शनिबार नै अस्पताल पुगेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

sunita-khatik-8 sunita-khatik-7 sunita-khatik-9

sunita-khatik-5 sunita-khatik-4 sunita-khatik-3 sunita-khatik-2

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment