Comments Add Comment

सप्तरीमा गोली चल्यो, एक प्रदर्शनकारीको मृत्यु

२३ फागुन, राजविराज । विहानैबाट तनावग्रस्त सप्तरीको राजविराजमा गोली चलेको छ र, सुरक्षाकर्मीको गोली लागेर एक प्रदर्शनकारीको मृत्यु भएको छ ।

औद्योगिक क्षेत्रमा एमालेको कार्यक्रम चलिरहँदा बाहिर भने प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो । त्यही क्रममा एमालेको कार्यक्रम स्थलबाट करिव १०० मिटर पर गोली लागेर २० वषर्ीय संजन मेहताको मृत्यु भएको छ ।

थप केहीलाई पनि गोली लागेको छ र, उनीहरुको अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

 

एमालेको कार्यक्रम सकिने बेलामा प्रदर्शनकारीले एमाले कार्यकर्ताको मोटरसाइकल जलाएका थिए भने एक दर्जन गाडीमा तोडफोड गरेका थिए ।

एमाले शीर्ष नेताहरुको टोली कञ्चनपुरतिर लाग्न खोज्दा १०/२० जनाको समूहमा रहेका प्रदर्शनकारीले मधेसी मोर्चाका कार्यकर्ताले ठाउँठाउँमा अवरोध गरेका थिए । उनीहरुलाई हटाउन खोज्दा प्रहरी र मधेसी मोर्चाका कार्यकर्ताबीच एकअर्कालाई लखेटा लखेट समेत भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment