Comments Add Comment

इएल क्लासिको अमेरिकामा, म्यानचेष्टर डर्बी पनि हुने

९ चैत, काठमाडौं । प्रि-सिजन टुरका क्रममा चिरप्रतिद्वन्द्वी रियल मड्रिड र बार्सिलोना अमेरिकामा खेल्ने भएका छन् ।

इएल क्लासिको २९ जुलाई मा मियामीमा हुनेछ । रियल मड्रिड र बार्सिलोना दोस्रो पटक स्पेन बाहिर भिड्न लागेका हुन् । यसअघि सन् १९८२ मा भेनेजुलएलामा खेलेका थिए ।

म्यानचेष्टर डर्बी पनि अमेरिकामा नै हुने भएको छ । इन्टरनेशनल च्याम्पियन्स कपमा म्यानचेष्टर युनाइटेड र सिटीको खेल जुलाई २० मा हुनेछ । तर, रंगशाला तय हुन बाँकी छ ।

गत वर्षको प्रि-सिजन टुरका क्रममा म्यानचेष्टर डर्बी चीनमा हुने तय भएको थियो । तर, भारी वर्षाका कारण खेल हुन सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment