Comments Add Comment

अब्बास मस्तानको ‘मेसिन’ हेर्न हलमा पुगे केवल एक दर्शक


बलिउडमा कहलिएका निर्देशक जोडी अब्बास-मस्तानको नयाँ फिल्म मेसिनले बक्स अफिसमा साह्रै नराम्रोसँग धुलो चाटेको छ । अघिल्लो शुक्रबार रिलिज भएको फिल्म एक हप्ता पनि टिक्न सकेन ।

कुनै स्थापित निर्देशकले निर्देशन गरेको फिल्म यति नराम्रोसँग पिटिएको यो पहिलोपटक हुनुपर्छ । फिल्मको व्यापार यतिसम्म हास्यास्पद रह्यो कि मुम्बईको जुहूस्थित एउटा हलमा मात्र एक जना व्यक्ति यो फिल्म हेर्न पुगे ।

अब्बास-मस्तानको जोडीले बलिउडमा कयौं उत्कृष्ट र सफल फिल्महरु दिएका छन् । उनीहरुले निर्देशन गरेका फिल्ममा रेस, रेस २, अजनबी, ऐतराज, हमराज, बादशाह जस्ता फिल्महरुलाई दर्शकले खुबै रुचाएका थिए । तर, यसपटक उनीहरु नराम्ररी चुकेका छन् । मेसिनबाट उनीहरुको छवी नै ध्वस्त भएको छ ।

स्मरणीय के छ भने मेसिनमार्फत निर्देशक अब्बास बर्माबालाले आफ्नो छोरा मुस्तफालाई बलिउडमा लन्च गरेका छन् । फिल्म एउटा थि्रलर लभस्टोरीमा बुनिएको छ ।

मुस्तफाको अपोजिटमा नयाँ अभित्रेनी कियारा आडवाणी छिन् । चल्तिका कलाकार नहुनाले यस फिल्मले दर्शकहरुर्लाइ कुनै आकर्षण गरेन । बलिउडमा कयौं नयाँ अनुहारहरुलाई फेमस बनाएका अब्बासले यो सायदै सोचेका थिए होलान् कि आफ्नै छोरालाई हिरो बनाउँदा यो परिणाम भोग्नुपर्नेछ ।

यो फिल्म २६ करोड भारु लागतमा निर्माण गरिएको थियो भने अहिलेसम्म मात्र दुई करोड कमाउन सफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment