Comments Add Comment

चिनियाँ लगानीकर्तालाई प्रचण्डले भने-छिट्टै आउनुस्, पछि मौका नपाइएला


१४ चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चिनियाँ लगानीकर्तालाई नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् ।

चीन भ्रमणका क्रममा रहेका दाहालले चिनियाँ लगानीकर्ता सहभागी कार्यक्रममा नेपालमा ठूलो मात्रामा जलविद्युतको सम्भावना रहेकाले लगानी गरी चिनियाँ लगानीकर्ताले ठूलो ‘रिटर्न’ लिन सक्ने बताएका हुन् ।

विदेशी तथा नेपालीको संयुक्त लगानीमा खुलेका कैंयन कम्पनीले अहिले राम्रो मुनाफा गरेको उदाहरण दिँदै दाहालले चिनियाँ लगानीकर्तालाई ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गरेका छन् ।

दाहालले भने ‘विदेशी लगानीकर्ताले नेपालमा लगानी गरेर उच्च रिटर्न लान सफल भएका छन् नेपाल भर्जिन ल्याण्ड हो, छिट्टै लगानी गर्नुस् पछि मौका नपाइएला ।’ उनलेे चिनियाँ लगानीकर्ताका लागि अब नेपाल उचित स्थान हुन सक्न बताएका छन् ।

‘विकासका मुद्दामा मतभेद छैन’

नेपालका सबै राजनितीक दलहरु विकासका मुद्दामा एकै ठाउ उभिएकाले विदेशीको लगानीमा कुनै कठिनाइ नहुने दाहालले आश्वस्त पारे ।

राजनितीक मुद्दाका विषयमा विभिन्न दलहरुबीच मतभेद भएपनि विकासका मुद्दामा एकै ठाउँमा रहेकाले चिनियाँ लगानीकर्ताले ढुक्क भएर लगानी गर्न सकने स्थिति तयार भएको दाहाल बताउँछन् ।

हालै मात्रै सम्पन्न भएको लगानी सम्मेलनमा चीनको सबैभन्दा बढी प्रतिबद्धता आएको थियो । कुल लगानी प्रतिबद्धताको ६१ प्रतिशत हिस्सा चिनियाँ प्रतिबद्धताले नै ओगटेको थियो ।

नेपालमा अहिले ठूलो मात्रामा चिनियाँ पर्यटकहरु भित्रिने गरेका छन् । चिनियाँ पर्यटकहरुको कारण पनि नेपालको पर्यटन क्षेत्र अहिले मजबुत बन्दै गएको छ ।

चिनियाँ पर्यटकको कारण नेपालको पर्यटन क्षेत्रमा टेवा मिलेको भन्दै प्रधानमन्त्री दाहालले आगामी दिनमा पनि यसलाई निरन्तरता दिनुपर्ने बताएका छन् ।

कर प्राबधान तथा आयात निर्यात सम्बन्धीत कानुन पनि निर्माण भइसकेकाले नेपाल लगानी गर्नका लागि उचित स्थान भएको दाहालको तर्क छ ।

अहिले नेपालको लेबरकस्ट पनि कम भएकाले लगानीकर्ताका लागि नेपाल उचित स्थान हुनसक्ने दाहालको भनाइ छ ।क्रस बोर्डर फेसिलिटी र क्रस बोर्डर इकोनोमिक जोनमा नेपाल सरकारको प्रमुख चासो रहेको दाहालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment