Comments Add Comment

फ्रेस फेसः छोटो कपडा लगाएर मलाई हिट हुनु छैनः आरजु


केहि म्यूजिक भिडियोमा अभियन गरेकी छिन् मोडल आरजु खरेलले । म्यूजिक भिडियोमा अभिनयपछि अहिले आरजु नाटकमा व्यस्त छिन् । नयनराज पाण्डेको लेखन रहेको ‘लु’ नामक नाटक काठमाण्डौको मण्डला थिएटरमा मञ्चन भैरहेको छ । आरजु आफू यसमै व्यस्त रहेको बताउँछिन् । आफूलाई मानिसले हेर्दा २२ बर्षको जस्तो लागेपनि, बल्ल १७ बर्षको मात्र भएको उनी बताउँछिन् । यो नाटकमा आफूले मुस्लिम यूवतीको भूमिका निर्वाहा गरेको उनले सुनाइन् ।

आरजुसँग गरिएको ‘फ्रेस फेस’को भिडियो यहाँ हेर्नुहोस्ः


आरजु नेपाली चलचित्र क्षेत्रमा आफू अहिले नै प्रवेश गर्ने सोचमा नरहेको सुनाउँछिन् । उनले भनिन्–‘म अहिले थिएटरमा काम गरिरहेकी छु । यसमा काम गरेर अभिनय सिकेपछि बल्ल चलचित्रमा प्रवेश गर्छु ।’ उनले आफूलाई एक सफल कलाकार बन्ने चाहना रहेको सुनाइन् ।

म्यूजिक भिडियोमा काम गरेर थिएटरमा प्रवेश गर्दा आफूलाई त अभिनयको खासै केहि पनि नआउँदो रहेछ भन्ने उनलाई लागेको छ । यसैले, केहि बर्ष थिएटरमै रमाउने उनको चाहना छ । आरजुले चलचित्र क्षेत्रमा लागेर बाँच्न सकिने अवस्था रहेको बताइन् । उनले भनिन्–‘मलाई छोटो कपडा लगाएर हिट हुनु छैन । यो केटीले राम्रो अभिनय गर्न सक्छे भनेर मानिसहरुले मलाई चिनिदिए पुग्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment