Comments Add Comment

अजिंगरको पेटभित्र भेटिए अकबर !

इन्डोनेसियामा एक वेपत्ता व्यक्ति अजिंगरको पेटभित्र भेटिएका छन् । अजिंगरले उनलाई जिउँदै निलेको प्रहरीको आशंका छ ।

इन्डोनेसियाको सुलावेसी द्विपमा आइतबार अकबर नामका २५ वर्षीय व्यक्ति हराएका थिए ।

यो विशाल अजिंगर सात मिटर लामो छ । यसलाई काटेर हेर्दा मानिसको शव भेटिएको थियो । रेटिकुलेटेड नामले चिनिने यो अजिंगर संसारकै सबैभन्दा ठूलो घस्रिने जन्तु हो । यसले जसलाई निल्छ, उसको सासप्रश्वास बन्द भएर मृत्यु हुन्छ ।

अजिंगरले विरलै मानिसलाई मार्छ र खान्छ । तर, बच्चाहरुलाई अजिंगरले निलेको धेरै घटनाहरु सुनिन्छन् ।

पश्चिमी सुलावेसी प्रान्तमा प्रहरीका प्रवक्ता मसुराले बीबीसी इन्डोनेसियालाई बताए अनुसार अकबर २४ घन्टादेखि बेपत्ता भएको भनेर गाउँवासीहरुले प्रहरीमा रिपोर्ट गरेका थिए । रिपोर्टपछि प्रहरीले खोजी सुरु गरेको थियो । खोजीका क्रममा उनकै परिवारको बगैंचाभित्र अजिंगर भेटिएको थियो ।

मसुराले भने, ‘अकबर भेटिएनन् तर, स्थानीयवासीले खाल्डोमा सुतिरहेको अजिंगर फेला पारे । त्यसपछि मानिसहरुलाई शंका भयो, कतै यही अजिंगरले त अकबरलाई निलेन ? जब अजिंगरलाई काटियो, भित्र अकबरको शव भेटियो ।’

ब्राविजया युनिभर्सिटीका निया कर्निअवानले यस आकारका अजिंगरले ठूला शिकारलाई निशाना बनाउने बताए । उनका अनुसार यसले जंगली सुँगुर र कुकुरलाई शिकार गर्छन् । यद्यपि यिनीहरु विरलै मानिसको बस्तीमा जान्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment