Comments Add Comment

लाप्राक नमुनावस्तीका लागि मेलवर्नको एम फेस्टिवलबाट उठ्यो ६ हजार ४ सय डलर

रकम बुझ्दै अध्यक्ष घलेद्वारा आयोजकको प्रसंसा

३० मार्च,  मेलवर्न । मेल्बर्नमा एम (नेपाली म:म:) फेस्टिवल सकिए पनि चर्चा अझै सकिएको छैन् । महोत्सबलाई धेरैले नेपाली ले अस्ट्रेलियामा आयोजना गरेको सबै भन्दा ठुलो मल्टिकल्चरल महोत्सबको रुपमा लिएका छन् ।

महोत्सव ब्यबस्थापन  हिसाबले पनि आयोजक सोलाङ्चरले कुनै कसर बाँकी राखेन। झन्डै १४ हजार अबलोकनकर्ताले अबलोकन गरेको अनुमान गरिएको सो महोत्सबमा ६० प्रतिशत भन्दा बढी दर्शक नेपाली बाहेक अन्य समुदायका थिए।

उनीहरुले महोत्सव अवलोकन मात्र गरेनन् नेपाली ब्यबसायीहरुद्वारा राखिएको स्टलबाट नेपाली स्वादको म:म: खानुका साथै कुटुम्बको लोक संगीत, लाखे नाच लगायत बहुसांस्कृतिक प्रस्तुतिमा रमाए। महोत्सवले नेपाली स्वादको म:मःलाई बिदेशीमाझ लोकप्रिय बनायो भने गीत संगीत, नेपाली संस्कृति र कलालाई अस्ट्रेलियाको बहुसांस्कृतिक समुदायमा चिनाउन उल्लेखनिय योगदान दियो।

गत आईतवार २६ तारिक भएको सो एम (नेपाली म: म:) फेस्टिबलमा युवा स्वयंसेवकहरुले एनआरएनको परियोजना गोरखाको लार्पाक नमुना बस्तीका लागि गोल्ड क्वाइन डोनेशन मार्फत ६ हजार ३ सय उनान्सय डलर सङ्कलन गरेका समेत थिए।

अर्थ सन्कलनलाई सो महोत्सवमा आएका दर्शकहरुले स्वतस्फुर्त सहयोग गरेका हुन। युबाहरुले लार्पाक नमुना बस्ती निर्माणका लागि अर्थ सङ्कलनमा देखाएको सकृयता प्रसङ्सनिय रहेको भन्दै लार्पाक नमुना बस्ती निर्माणकी स्वयंसेवक संयोजक दीपा राइले नमुना बस्ती निर्माणका लागि अर्थसङ्कलन गर्न युवाहरुको यस्तै सकृयता अन्य कार्यक्रमहरुमा पनि आवश्यक भएको बताइन।

यसैबिच आयोजक सोलाङ्चरले सङ्कलित रकम ६४०० अस्ट्रेलियन डलर एनआरएन अध्यक्ष शेष घले र लार्पाक पुनर्निर्माण सङ्योजक जमुना गुरुङ्लाई हस्तान्तरण गरेकोछ।

गत मंगलवार एक आयोजक सोलाङ्चर र कुटुम्ब ब्यान्डका किरण नेपालीले सो रकम हस्तान्तरण गरेका हुन् । सो अवसरमा अध्यक्ष घलेले सोलाङ्चर र यसका क्रियटिभ डाइरेक्टर राजु शाक्यको टिमको प्रसङ्सा गर्दै एम फेस्टिबल यति ठुलो संख्यामा अस्ट्रेलियाको बहुसाँस्कृतिक समुदायलाई आकर्शित गर्ने पहिलो नेपाली इभेन्ट भएको बताए ।

साथै उनले इभेन्ट ब्यबस्थापन र एमआइटी ग्रुप फाउन्डेसन मार्फत लार्पाक बस्ती निर्माणका लागि गरिएको अर्थ सङ्कलनलाई लिएर युवा स्वयमसेवकहरुको खुलेर तारिफ गरेका थिए। सो फेस्टिबल अबिश्मरणिय भएको धेरैले बताएका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment