Comments Add Comment

बेहुलीका पहिरनलाई किन दिइयो फाँसी ?

लेबनानमा बलात्कार सम्बन्धी कानूनमा संसोधनको माग गर्दै एउटा अभियान चलिरहेको छ ।

प्रदर्शनकारीहरुले बेरुतको एक चर्चित समुद्री तटमा एउटा डरलाग्दो दृश्य सिर्जना गर्ने कोसिस गरेका छन् ।

प्रदर्शनकारीहरुले त्यसका लागि तटमा रहेका खजूरका रुखहरुमा ३० भन्दा धेरै बेहुली पहिरनलाई फाँसीको डोरीमा लट्काएका छन् ।

लेबनानमा विद्यमान कानून अनुसार बलात्कारीले यदि आफैले बलात्कार गरेकी पीडित महिलासँग बिहे गरेमा उसको अपराध माफ हुन्छ र सजाय भोग्नु पर्दैन ।

यस्तो क्रुर र अन्यायपूर्ण व्यवस्थालाई संसदको आगामी सत्रमा खारेज गर्न माग गरिरहेका छन् प्रदर्शनकारीहरुले ।

लेबनानकी महिला मन्त्री जिया ओगास्बियाले यो प्रावधानलाई ढुंगे युगको अवशेष भनेका छन् ।

अभियानकर्मी आलिया अवादाका अनुसार लेबनानमा हरेक महिना एक महिलाको बलात्कार हुन्छ र बलात्कार पीडित महिलालाई बलात्कारीसँगै बिहे गर्न बाध्य पारिन्छ ।

आउँदो मे १५ तारेखमा संसदमा यो प्राबधान हटाउने गरी कानून संसोधन गर्ने प्रस्ताव उपर संसदमा मतदान हुनेछ । सांसदहरुले संसोधनको पक्षमा मतदान गर्ने अपेक्षा अभियानकर्मीको छ ।

महिलाहरुको विरुद्धमा हुने हिंसाका विषयमा मानिसहरुको ध्यान आकषिर्त गर्नका लागि प्रदर्शनकारीहरुले विरोधको कलात्मक तरिका अपनाएका हुन् बेहुलीका वस्त्रीलाई फाँसीमा लट्काएर । बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment