Comments Add Comment

नव दुलहीले कसरी गर्ने नयाँ घरमा आफुलाई समायोजन ?

यस्तो हुनुपर्छ प्रफेक्ट पत्नी

भर्खरै बिवाह गरेर पतिको घरमा पुग्नुभएको छ । तपाईको निम्त त्यहाँका हरेक कुरा नयाँ लाग्नेछ, परिवेश नयाँ लाग्नेछ । परिवारका सदस्यहरु नौला लाग्नेछन् । आफ्नो वोली, व्यवहारलाई उनीहरुले कसरी लिन्छन् होला ? स्वभाविक रुपमा तपाईमा डर र कौतुहलता हुन्छ ।

पतिको घर तपाईले सोचेजस्तो, खोजेजस्तो नहुन सक्छ । यो कुराले निराशा पैदा हुनु हुँदैन । बरु, कसरी परिवारलाई सहि दिशामा डोहोर्‍याउने भन्ने कुरामा सकारात्मक पाइला चाल्न सक्नुहुनेछ ।

बिवाह गरेर नयाँ घरमा प्रवेश गरेसँगै तपाईले आफुले भनेजस्तै सबैकुरा पाउनुहुन्न । त्यसैले आफु स्वंमलाई पनि बदल्ने प्रयास गर्नुपर्छ । नयाँ घरमा कसरी एडजस्ट हुने त ?

परिवारसँग घुलमिल

तपाई हुर्केको परिवेश र पृष्टभूमी पतिको घरमा नमिल्न सक्छ । तपाईले सोचेजस्तै सबैकुरा ठीकठाक नहुन पनि सक्छ । यद्यपी त्यस्ता कुराप्रति नकारात्मक धारणा बनाउनु हुन्न । साथै, आफु अनुसार पति र परिवारलाई बदल्ने प्रयास पनि नगर्नुहोस् । हुनसक्छ, तपाईले परिवारलाई राम्रो दिशामा डोहोर्‍याउनुहुनेछ, समृद्धितर्फ लानुहुनेछ । तर, यो काम एकैचोटी संभव छैन । यस्ता परिवर्तन विस्तारै हुन्छ ।

आफुलाई उनीहरुको चालचलन, संस्कारमा आफुलाई घुलमिल गरााउनुहोस् । परिवारका सदस्यसँग गहिरो सम्बन्ध स्थापित गर्नुहोस् । सबैप्रति प्रेम र श्रद्धाको भाव राख्नुहोस् । किनभने यो तपाईकै घर हो । कुनैदिन त्यसको सम्पूर्ण जिम्मेवारी तपाइकै काँधमा पनि आउन सक्छ ।

आफुलाई व्यवस्थित गर्नुहोस्

तपाई जति सक्रिय, स्वस्थ्य र सकारात्मक रहनुहुन्छ, परिवार उत्तिनै समृद्ध र सुखी हुन्छ । यसका लागि तपाईले आफ्नो दिनचर्यामा पनि ध्यान दिनुपर्छ । विहान उठ्नुहोस्, योग गर्नुहोस्, व्यायाम गर्नुहोस् । ताजा खानेकुरा मात्र सेवन गराउनुहोस्, भान्सामा पाक्ने हरेक कुरा स्वस्थ्यवर्द्धक होस् । परिवारलाई सन्तुलित भोजन ख्वाउनुहोस् ।

केही विशेष महसुष गराउनुहोस्

आफ्ना नयाँ परिवारका सदस्यालाई केही यस्तो महसुष गराउनुहोस् कि, जसले तपाईप्रति सबैको सकारात्मक धारणा बनोस् । जस्तो कि, घरलाई सफासुग्घर राख्नुहोस्, लताकपडालाई व्यवस्थित गर्नुहोस्, बैठक कोठाको सजावटलाई थोरै बदल्नुहोस्, बगैंचालाई नयाँ ढाँचामा सजाउनुहोस्, खाना पकाउने र खाने समयलाई नियमित र निश्चित गर्नुहोस् । यसले तपाई हुनु र नहुनुको महत्व परिवारले बुझ्नेछन् ।

तपाई ड्युटी निर्वाह गरिरहनुभएको छैन

बिवाह कुनै बन्धन होइन, न ड्युटी नै हो । यो त एक त सम्बन्ध हो । बिवाहले जीवनमा धेरै खुसी ल्याउँछ र जिम्मेवारी पनि । यस जिम्मेवारीलाई बोझ वा ड्युटी सम्झने होइन, त्यसले तपाईलाई निरास बनाउन सक्छ । तर, यसलाई तपाईले सम्बन्धको रुपमा आत्मसात गर्नुभयो भने कुनैपनि काम तपाईलाई बोझिलो लाग्नेछैन ।

आफ्नो खुबी उजागर गर्ने, केहि नयाँ सिक्ने

आफुसँग भएको खुबी नलुकाउनुहोस् । परिवारको सबैलाई थाहा हुनुपर्छ कि, तपाईको खास खुबी के हो ? तपाईको खास दख्खल के कुरामा छ, तपाईको विशेषता के हो ?

हामी सबै रुपमा सक्षम र पोख्त हुँदैनौ । अरुले अपेक्षा गरेजस्तो गुण हामीमा नहुन पनि सक्छ । यद्यपी त्यसका लागि आफुले सिक्ने प्रयास भने जारी राख्नुपर्नेछ । कुनैपनि कुरा सिक्ने इच्छा राख्नुहोस्, जसले तपाईलाई फाइदा गर्छ । तपाईकी सासुसँग खाना बनाउने खास तरिका हुनसक्छ, मसलाको बारेमा ज्ञान हुनसक्छ, बच्चालाई मसाज गरिदिने तरिका हुनसक्छ, त्यो कुरा सिक्ने प्रयास गर्नुहोस् ।

गुनासो नगर्नुहोस्, सकारात्मक रहनुहोस्

बिवाहपछि सबै कुरा आफुले भने अनुसारको हुनुपर्छ भन्ने छैन । र, व्यवहारिक रुपमा त्यो संभव पनि छैन । कतिपय कुरामा आफुले सम्झौता गर्नुपर्ने हुन्छ । कति कुरा अरुले भने अनुसार राजी हुनुपर्छ । तर, त्यसबारे गुनासो लिएर पतिकहाँ नपुग्नुहोस् । हरेक कुरामाथि सकारात्मक दृष्टिकोण राख्नुहोस् ।

हुनसक्छ, अहिलेसम्म तपाईले पति तथा उनको परिवारलाई सहि ढंगले सम्झाउन सक्नुभएको छैन । त्यसका लागि उनीहरुलाई थोरै समय दिनुहोस्, आफुसँग एडजस्ट हुनका लागि । सुरुवातमा सानोतिनो असमझदारी हुनसक्छ । त्यो समयक्रमसँगै आफै मिलेर जान्छ ।

सन्तुलित र सौम्य 

सबैभन्दा पहिला त आफ्नो मन मस्तिष्कलाई शान्त र सन्तुलित राख्नुहोस् । डरलाई मनबाट हटाइदिनुहोस् । तपाईको साथमा पति छन्, जसले जीवनभर साथ दिनेछन् । तपाइको व्यवहारमा परिपक्कता, सौम्यता देखिए, पतिले तपाइप्रति सम्मानको भावना राख्नेछन् ।

जिम्मेवारी बाढौं

तपाईको निम्ति पतिको घर आफ्नै हुनेछ । त्यहाँ तपाई पाहुना होइन । त्यस घरमा प्रवेश गरेसँगै त्यसभित्रको सबै जिम्मेवारी आफुले पनि साझेदार गर्नुहोस् । पतिलाई यस्तो महसुष गराउनुहोस् कि, अब उनी एक्ला छैनन् । हरेक सुख दुख बाढ्ने साथी छ । यसले पतिको आत्मामनोवल उच्च हुन्छ ।

चाहे सासु ससुरालाई स्यहार्ने कुरामा होस् वा किनमेल गर्ने कुरामा नै, पतिलाई सधै साथ दिनुहोस् ।

परिवारलाई खुसी राख्ने प्रयास गर्नुहोस्

परिवार खुसी तपाईमा पनि निर्भर गर्छ । तपाईले गर्ने व्यवहारले परिवारमा धेरै प्रभाव पार्छ । यदि सबैसँग प्रेममय व्यवहार गर्नुहुन्छ, सबैलाई सम्मान गर्नुहुन्छ, सहयोग गर्नुहुन्छ भने परिवार तपाईप्रति सन्तुष्ट हुनेछन् । कहिले कहिं नयाँ नयाँ परिकार बनाएर परिवारलाई चखाउनुहोस् । यसले पनि परिवारमा खुसीको संचार गराउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment