Comments Add Comment

यसरी युवतीहरुले फ्लर्ट गरिरहेका हुन्छन्

हामी के देख्छौं भने अक्सर युवाहरु युवतीलाई देखेपछि केही न केही प्रतिक्रिया जनाउँछन् । मौका परे, जिस्काउँछन् । छेडछाड गर्छन् । भनौं प\mलर्टिङ गर्छन् ।

त्यही कारण त कतिपय युवतीहरु एक्लै हिँड्न अलि असहज मान्छन् । उनीहरुलाई युवाहरुको घेरा वा भिडमा जान पनि कठिन हुन्छ । यद्यपी यस किसिमको प्रवृत्ति युवामा मात्र हुँदैन, युवतीहरु पनि मौका परे फ्लर्टिङ गर्छन् । युवाहरुलाई रिझाउनका लागि अनेक किसिमका कुरा गर्ने, इशारा गर्ने प्रवृत्ति हुन्छ । यद्यपी सत्य के भने, युवतीहरु युवाको तुलनामा पाँच गुना बढी यस्ता सेक्सी बडी सिग्नल दिन्छन्, जसबाट युवाले ति युवती आफुतर्फ आकषिर्त भएको भेउ पाउन सक्छन् । एक अध्ययनबाट के पाइएको छ भने फ्लर्टिङ गर्नमा युवतीहरु पनि युवाभन्दा कम हुँदैनन् ।

हुन त महिलाहरु शब्दद्वारा त्यती फ्लर्टिङ गर्दैनन्, तर उनीहरु आफ्नो बडी ल्याङ्वेज र संकेतबाट फ्लर्टिङ गरिरहेका हुन्छन् ।

वैंशालु उमेरमा कसैप्रति आकषिर्त हुनु स्वभाविक हो । यसरी आफुलाई मन परेको व्यक्तिप्रति कोही झुकाव रहनु पनि स्वभाविक हो । यदि कोही व्यक्ति हामीलाई मन पर्छ, उनको व्यक्तित्वले आकषिर्त हुन्छ भने उनको नजिक पुग्ने आंकक्षा राख्छौं । अतः उनलाई हामी केही संकेत, इशाराबाट आफुले मन पराएको कुरा व्यक्त गर्छौं । यस्तो कुरामा युवतीहरु पनि निकै माहिर हुन्छन् ।

तब कसरी थाहा पाउने कि युवतीले फ्लर्टिङ गरिरहेका छन् ?

–   यदि कुनै युवासँग कुराकानी गर्ने क्रममा उनको नजिक आउने गर्छ भने, यसको स्पष्ट संकेत हो  ति युवती तपाईंसँग आकषिर्त छे ।

–   यदि कुनै युवती पटक पटक आफ्नो कपाल मिलाउने, औलामा कपाल घुमाउने गर्छ भने यसको सोझो संकेत हो उनको मनमा स्थिर छैन ।

–   युवतीले कुनै वहानामा तपाईंलाई छुने वा स्पर्श गर्ने प्रयास गर्छ भने त्यसबाट तपाईंले बुझ्नुपर्छ उनी तपाईंको निकट हुन खोजिरहेका छन् ।

–   यदि कुनै युवती फ्लर्ट गरिरहेका छन् भने उनको आँखीभौंले धेरै कुरा बताइरहेको हुन्छ । उनले तपाईंसँग आँखा जुधएर हेर्छन् ।

–   जतिपटक तपाईंसँग आँखा जुध्छ, त्यती नै पटक मुस्कुराउँछ ।

–   यदि तपाईंको नजिक बस्ने वा शरीरले स्पर्श गर्ने गर्छन् भने यो तपाईंको लागि ग्रीन सिंग्नल हो ।

–   फ्लर्ट गर्ने युवतीले आफ्नो आवाज पनि बदल्छन् । उनले तपाईंको कानको छेउमा आएर फरक शैलीमा बोल्ने गर्छन् ।

के भनिन्छ युवतीको फ्लर्टिङको बारेमा ?

-फ्लर्टिङले तपाईंलाई फ्रेश र रोमान्टिक बनाउँछ ।

–   यसले तपाईंमा आत्मविश्वास बढ्छ ।

–   यदि तपाईंलाई कोही आकर्षक लाग्छ भने त्यसमा फ्लर्टिङ गर्नु किन गाह्रा ?

–   फ्लर्टिङमा दुबै पक्षका लागि फील गुड फ्याक्टर जोडिएको हुन्छ ।

–   हुनसक्छ कि, फ्लर्टिङबाट सुरु कतिपय कुरा रोमान्टिक सम्बन्धमा बदलिन सक्छ ।

–   फ्लर्टिङ सधै स्वस्थ्य हुनुपर्छ । भद्दा हुनुभएन ।

–   कतिपयले यस किसिमको व्यवहारबाट तपाईंको प्रवृत्ति कस्तो छ भनेर परीक्षण गरिरहेको हुन्छ, त्यसैले संयमित हुनुपर्छ ।

–   फ्लर्टिङ गरिरहेको बेला केही कुरामा ध्यान दिनैपर्छ, किनभने यो एक कला हो । यस्तोमा आफ्नो अप्रोच पोजीटिभ हुनुपर्छ ।

–   यदि कोही व्यक्ति मनपर्छ र उनको व्यक्तित्व आकर्षक लाग्छ भने उनका लागि फ्लर्ट गर्नु नराम्रो होइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment