Comments Add Comment

झिंगा आतंकविरुद्ध आन्दोलन ! आउनै छाडे पाहुना, विस्थापित हुँदै गाउँले !


११ वैशाख, काठमाडौं ।   गाउँभरि भनभनी झिँडा भन्किइरहेका हुन्छन् । खानेकुरादेखि लिएर सबै थोकमा झिँगाको गोलो हुन्छ । खाना बनाएर खान सक्ने अवस्था छैन । खाना बनाए पनि झुलभित्र बसेर खानुपर्ने बाध्यता छ ।

मोरङको सोराभाग ९ पुग्ने जो कोही पनि अचम्ममा पर्ने गरेका छन् । झिँगाकै कारण गाउँमा पाहुना पनि आउन छाडेका छन् । कोही पाहुना आए पनि खाना नखाइ फर्कन्छन् ।

एक वर्षदेखिको झिँगा आतंकबाट कारण स्थानीय आजित भएका छन् । उनीहरुले यसको विरुद्ध आन्दोलनसमेत गरेका छन् ।

सोराभाग ९ बेतौनास्थित विराट पोल्ट्री फर्मको दुर्गन्धका कारण गाउँमा झिँगा आतंक फैलिएको हो ।

फर्मले दुर्गन्ध र झिँगा नियन्त्रणमा चासो नदिँदा स्थानीय बासिन्दा विस्थापित हुनुपर्ने अवस्था आएको विराट पोल्टी फर्म वातावरण प्रदूषण तथा झिँगा उन्मूलन संघर्ष समितिका सचिव इन्दिरा उप्रेतीले बताइन् । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment