Comments Add Comment

‘साकुरा नाइट २’ मा प्रमोद, नलिना र सन्दिपले जापान तताउने

जापान । जापानीहरुले मनाउने विशेष पर्व गोल्डेन विकको अवसरमा जापानको चार शहरमा ‘साकुरा नाइट २ जापान’ हुने भएको छ । मे को पहिलो हप्तामा पर्ने गोल्डेन विकको अवसर पारी ग्रिष्मा इन्टरटेन्डमेन्ट र सूर्य कर्पोरेसनले हरेक बर्ष जापानको मुख्य शहरहरुमा सांस्कृतिक कार्यक्रम गर्दै आइरहेको छ ।

सुर्य कर्पोरेसनका ब्राण्ड एम्बेसडर समेत रहेका संचारकर्मी एबं कार्यक्रम प्रस्तोता नरेश भट्टराइले कार्यक्रम सञ्चालन गर्ने भएका छन् । साकुरा नाइटमा लोकपि्रय गायक प्रमोद खरेल, स्टयान्डप कमेडिएन सन्दिप क्षेत्री र नलिना चित्रकारको विषेश प्रस्तुति रहनेछ ।

गोल्डेन विकको पहिलो दिन २०१७ मे ३ तारिकका दिन टोक्योबाट कार्यक्रम सुरु हुने भएको छ भने मे ४ मा नागोया, मे ५ मा ओशाका र मे ७ मा फुकुओकामा कार्यक्रम हुनेछ । कार्यक्रमबाट हुने मुनाफा गरिव, एवं असाहायको सहारा बन्दै आइरहेको नेपालको मानब सेवा आश्रमलाई सहयोग गरिने सुर्य कर्पोरेसनका डाईरेक्टर बाशुदेव लामिछानेले जानकारी दिए ।

कार्यक्रमलाई भब्य र सभ्य एवम मयार्यादित बनाउन प्रत्येक शहरहरुमा तय गरिएको आयोजक टोलिले कार्यक्रमको ब्यबस्थापन गर्नेछ ।

अघिल्लो बर्षको साकुरा नाईटमा नेपालका चर्चित गायक रामकृष्ण ढकाल, हिमाल सागर, मिलन अमात्य र हाँस्य कलाकार जितु नेपाल मुन्द्रेले प्रस्तुति दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment