Comments Add Comment

मेरो डान्स कप युएसए सुरु, दिलिप रायमाझीको टोलीले उत्कृष्ट छान्ने


२९ अप्रिल, अमेरिका । मेरो डान्स कप युएसए–२०१७ प्रतियोगिता सुरु भएको छ । अमेरिकाको ओहायोमा प्रतियोगिता सुरु भएको हो ।

अमेरिकाका विभिन्न राज्यमा छरिएर रहेका किशोर–किशोरी, युवायुवती, नव प्रतिभा तथा कलाकारहरुका लागि प्रतियोगिता आयोजना गरिएको हो ।

प्रतियोगतिाको शृंखला ६ देखि मतदान र जुलाई ८ तारिखदेखि प्रत्यक्ष मनोनयन हुनेछ । अप्रिल २८ देखि सुरु भएको प्रतियोगिता अगस्ट १२ सम्म हुनेछ ।

आयोजकले बताए अनुसार, आगामी मे ५ सम्ममा सहभागीमध्ये उत्कृष्ट ४० जना छनोट हुनेछन् । जुलाई २८ तारिखमा उत्कृष्ट ५ जना मतदानद्वारा छनोट हुनेछन् भने अगस्त १२ तारिखमा प्रथमदेखि पाँचौं स्थानसम्म विजेताको घोषणा गरिने छ ।

एमडिसी युएसए २०१७ नृत्य प्रतियोगिताको लागि निर्णायकहरूमा नेपाली चलचित्रका नायक दिलीप रायमाझी, डीबी गुरुङ तथा मञ्जु भुजेल रहने छन् ।

एमडिसी नामबाट चिनिने कार्यक्रमको सिजन–२ को एपिसोड १ को भिडियो समेत सार्वजनिक भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment