+
+
Shares

प्रचण्ड र देउवालाई ओलीको ब्यंग्यः बिचराहरुको जिन्दगी हेर्नुस् त !

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख १८ गते १५:१३


१८ बैशाख, काठमाडौं । नेकपा एमालेको चुनाव घोषणा पत्र सार्वजनिक कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री र कांग्रेस सभापतिमाथि ब्यंग्य बाण हानेका छन् ।

घोषणा पत्रबारे आफ्नो धारणा राखेपछि ओलीले यो लगायत अरु प्रश्न पनि छन् होला भन्दै ‘फ्लोर ओपन’ गरे । उनले पत्रकारहरुको जम्मा दुई प्रश्न लिए, जसमा एउटा थियो- अब एमाले चुप लागेर बस्छ कि सरकार परिवर्तनमा लाग्छ ? भन्ने थियो ।

जवाफमा ओलीले भने, ‘थिग्रिन दिनुस् न ।’

कहिलेसम्म चुप लागेर बस्ने भन्ने पत्रकारको प्रतिपश्नमा ओलीले भने, ‘हामी राजनीति गर्छौं । कांग्रेस र माओवादीको जस्तो सरकार परिवर्तनको मात्र खेल हाम्रो छैन ।’

उनले अघि भने, ‘विचराहरुको जिन्दगी हेर्नुस् त । एउटालाई प्रधानमन्त्री छोड्नुपर्छ भन्ने पिर, अर्कालाई प्रधानमन्त्री हुन्न भन्ने पिर ।’

ओलीको यो जवाफमा पत्रकारहरु मात्र होइन, मञ्चमा सँगै बसेका एमाले नेताहरुको समेत हाँसको फोहोरा छुटेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?