Comments Add Comment

कुबेत भन्दै दुबई पुर्‍याइएका १२ नेपाली महिलाको उद्धार

१९ वैशाख, काठमाडौं । अवैधानिक रुपमा भारत हुँदै दुबई पुगेका आज १२ जना महिला कामदार आज फिर्ता भएका छन् । उनीहरुलाई विभिन्न प्रलोभनमा पारेर दुबई पुर्‍याइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । कुबेत जान भनेर हिँडेका महिलालाई  दुबईबाट  उद्धार गरेर नेपाल फर्काइएको हो ।

उद्धार गरिएका महिलाहरु बर्दिया, महोत्तरी, भक्तपुर, धनकुटा, झापा, सिन्धुपाल्चोक, मकवानपुर, मोरङ लगायत जिल्लाका हुन् ।

उद्धार गरिएका कतिपय महिलाकोे पासपोर्ट २०१२ मै विदेश गएको भिसा लागेको पाइएको छ । भारतको बाटो भएर उनीहरु विदेश गएका हुन् ।

नेपाल र भारतबीच भारतको बाटो भएर नेपाली कामदार नपठाउने समझदारी छ । तर, उनीहरु भारतबाटै गएको पाइएको छ ।

सरकारले वैधानिक रुपमा घरेलु कामदार विदेश जान रोकेपछि दलालहरु थप सक्रिय भएका छन् । महिलाहरू असुरक्षित रूपमा बाहिरिने क्रम पनि बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment