Comments Add Comment

देउवाले गरे प्रचण्डको प्रशंसा, भन्छन्-सरकार परिवर्तनले चुनाव प्रभावित हुन्न

१० जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उच्च प्रशंसा गरेका छन् । दुर्इ दलको समझदारी अनुसार प्रचण्डले राजीनामा दिए लगतै देउवाले धन्यवाद दिएका छन् ।

माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले बुधबार देशबासीको नाममा सम्बोधन गर्दै राजीनामा दिएका थिए ।

कांग्रेस र माओवादी केन्द्रबीच संविधानको स्वीकार्यता विस्तार र कार्यान्वयन गर्ने उद्देश्यका साथ सरकार गठन भएको र दुर्इ दलको सहमति अनुसार सरकारको नेतृत्व परिवर्तन गर्न प्रधानमन्त्रीले राजीनामा गरेकोमा धन्यवाद दिएका छन् ।

साथै सरकार परिवर्तनको प्रक्रियाले स्थानीय तहको दोस्रो चरणको निर्वाचन प्रभावित नहुने बताएका छन् । उनले भनेका छन्, समयमै निर्वाचन हुने कुरामा सबैलाई ढुक्क हुन आग्रह गर्दछु ।’

देउवाले प्रचण्ड सरकारको १० महिनाको प्रशंसा गरेका छन् । सरकार गठन भएको दश महिनाभित्र संविधान संशोधनको प्रक्रिया अगाडि बढेको र स्थानीय तहको निर्वाचनको पहिलो चरण शान्तिपूर्ण र निष्पक्ष रुपले सम्पन्न भएको भन्दै उनले भनेका छन्, सरकारले संविधानको स्वीकार्यता, विस्तार र कार्यान्वयनका लागि सह्रानीय काम गरेको छ । यस अवधिमा देशमा शान्ति, स्थिरता कायम भई विकास निर्माण र आर्थिक गतिविधि सुचारु भएका हुँदा आर्थिक वृद्धिदर उल्लेख्य रुपमा वृद्धि भई महत्वपूर्ण उपलब्धी प्राप्त भएको छ ।’

देउवाले विज्ञप्तिमा भनेका छन्, यस ऐतिहासिक सफलताका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कार्यको उच्च प्रशंशा गर्दै उहाँलाई हार्दिक बधाइ दिन चाहन्छु ।’

कांग्रेस सभापति देउवाले दुर्इ दलबीच भएको राजनीतिक सहमति अनुसार सहकार्य भविष्यमा पनि निरन्तर जारी रहने विश्वास व्यक्त गरेका छन् । साथै सबै राजनीतिक दलहरुसँग गरेका सहमति दृढतापूर्वक सदैव कार्यान्वयन गर्ने बचन दिएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment