Comments Add Comment

दोस्रो चरणको चुनाव जेठ ३१ मै गर्न कांग्रेस प्रतिवद्ध

उम्मेदवार छान्ने कसरत जारी

११ जेठ, काठमाडौं । सरकार परिवर्तनले आगामी चुनाव प्रभावित हुनसक्ने आशंका भइरहेका बेला नेपाली कांग्रेसले दोस्रो चरणको स्थानीय चुनाव जेठ ३१ गते नै गर्न प्रतिवद्ध रहेको बताएको छ ।

माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि सरकारको नेतृत्व अब कांग्रेसले गर्दैछ ।

समसामयीक राजनीतिक अवस्थाबारे छलफल गर्न बिहीबार पार्टी कार्यालय सानेपामा कांग्रेस शीर्ष नेताहरुको बैठक बसेको थियो । बैठकले पूर्वनिर्धारित मितिमै चुनाव गराउने निर्णय गरेको नेता अर्जुननरसिंह केसीले जानकारी दिए ।

प्रदेश नम्बर १, २, ५ र ७ मा जेठ ३१ गते चुनाव हुँदैछ । बैठकमा चुनावका उम्मेदवार चयनबारे पनि छलफल भएको थियो । उम्मेदवार छान्न शुक्रबार बिहान पुनः बैठक बस्ने नेता केसीले जानकारी दिए ।

जेठ १२ गतेभित्रै उम्मेदवार सिफारिस गरेर सम्बन्धित निकायमा पठाउन कांग्रेसले निर्देशन दिएको छ ।

कांग्रेस नेता केसीका अनुसार बैठकमा आगामी सरकार गठनबारे भने छलफल भएको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment