Comments Add Comment

स्थानीय चुनाव सफल भएको भन्दै मोदीले दिए प्रचण्डलाई बधाई

११ जेठ काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा स्थानीय चुनाव सफल भएको भन्दै खुशी व्यक्त गरेका छन् । भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री प्रचण्डलाई टेलिफोन गरेर स्थानीय निर्वाचन गर्न सफल भएको भन्दै बधार्इसमेत दिए ।

विहीबार साँझ फोन गरेका भारतीय प्रधानमन्त्री मोदीले देशलाई स्थानीय तहको निर्वाचनमा लैजान सफल भएको भन्दै बधाइ दिएका हुन् । उनले अब नेपाल शान्ति र स्थायित्वको बाटोमा अघि बढ्ने विश्वाससमेत व्यक्त गरे ।

भारतले नेपालमा निर्वाचन चाहेको छैन भनेर कतिपयले आशंका गरिरहेकै बेला भारतीय प्रधानमन्त्री मोदीले पहिलो चरणको निर्वाचन सम्पन्न भएकोमा खुशी व्यक्त गरेका हुन् ।

मधेसी मोर्चाको आन्दोलनलाई समर्थन गर्दै आएका केही विश्लेषकहरुले संविधान संशोधन नभइकन गरिने स्थानीय चुनावलाई भारतले समर्थन नगर्ने दाबी गरिरहेका थिए ।

नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले बुधबार एक कार्यक्रममा बोल्दै नेपालको आन्तरिक राजनीतिक मामिलामा कुनै टिप्पणी नगर्ने स्पष्ट पारेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment