Comments Add Comment

पत्रपत्रिकाका फ्रन्टपेजः आन्दोलन घोषणा र सर्वोच्चको आदेशले थपियो जटिलता

१३ जेठ, काठमाडौं । सर्वोच्च अदालतले स्थानीय तह संख्या थपको निर्णय कार्यान्वयन नगर्न गरेको अन्तरिम आदेशलाई आजका पत्रपत्रिकाहरुले प्राथमिकताका साथ छापेका छन् । सर्वोच्चको आदेशले निर्वाचन थप अन्योलमा परेको विश्लेषण गरेका पत्रपत्रिकाहरुले संघीय गठबन्धको आन्दोलन घोषणाले थप जटिलता सिर्जना भएको लेखेका छन् ।

गोरखापत्र दैनिकले स्थानीय तह थप्ने निर्णयविरुद्ध सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको विषयलाई मुख्य खबर बनाएर छापेको छ । नवनिर्वाचित वडाध्यक्षलाई दोहोरो जिम्मेवारी हुने भएको खबरसँगै दोस्रो चरण निर्वाचनमा दलहरुको तयारीलाई गोरखापत्रले छापेको छ ।

नयाँ पत्रिका दैनिकले मधेसी दलको आन्दोलन र सहमतीय सरकारका लागि एमाले अध्यक्ष केपी ओलीले गरेको प्रस्तावलाई प्रमुखताका साथ लेखेको छ ।

कान्तिपुर दैनिकले स्थानीय तहको संख्या र सीमा थप्ने निर्णयप्रति सर्वोच्चले गरेको अन्तरिम आदेशको विषयलाई नै मुख्य खबर बनाएर छापेको छ । ‘नयाँ दलको मतः वितृष्णा कि आकर्षण ?’ शीर्षक दिएर कान्तिपुरले अर्को एक सामग्री पनि पस्केको छ ।

नागरिक दैनिकले राष्ट्रपति–उपराष्ट्रपतिकै सन्तति सुशोभित भएको विषय उठाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment