Comments Add Comment

कक्षामा पुगेपछि ढल्छन् छात्राः उपचारका लागि धामीको शरण

घरबाट आरामसँग विद्यालय जान्छन् । विद्यालयसम्म पुग्दा पनि उनीहरु ठीकै हुन्छन् । तर, जब पढ्न कक्षा कोठाभित्र पस्छन्, तब उनीहरु बेहोस भएर ढल्छन् । पढाउन छाडेर शिक्षकहरु गाउँमा धामी खोज्न दोडिन्छन् । छात्राहरु एकाएक चिच्याउने, रुने र बेहोस भएर ढल्न थालेपछि समग्र विद्यालयको पढाइ नै प्रभावित भएको छ ।

पछिल्लो समय सुर्खेतको केही सामुदायिक विद्यालयमा यस्तै समस्या बारम्बार बल्झिन थालेको छ । जिल्लाका पश्चिममा पर्ने बराहताल गाउँपालिका–७ नयाँ वनमा यही समस्याका कारण विद्यालयको पढाई नै प्रभावित भएको छ । स्थानीय नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत छात्रा कक्षा कोठामा पस्नेबित्तिकै ढल्न थालेका छन् । करिब १५ दिनदेखि छात्रा बेहोस भएर कक्षामै ढल्न थालेपछि शिक्षक र अभिभावक हैरान भएका छन् । अर्कोतर्फ त्रासका कारण छात्राहरु पनि विद्यालय जान छाडेका छन् भने उपचारका लागि केही उपाय नलागेपछि अहिले विद्यालय नै धामीको शरणमा पुगेको छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment