Comments Add Comment

कामदारको स्वास्थ्य बुझ्न नेपाली टोली मलेसिया जाँदै

११ असार, काठमाडौं । मलेसियामा रोजगारीका लागि पुगेका नेपाली युवाको मृत्युको कारण पत्ता लगाउन सरकारी चिकित्सकसहितको टोली मलेसिया जाने भएको छ । वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया गएका युवाहरूको स्वास्थ्यमा गम्भीर समस्या देखिन थालेपछि सरकारले चासो देखाएको हो ।

प्रतिवर्ष चार सयभन्दा बढी मलेसियामा कामका लागि पुगेका कामदारको मृत्यु कुनै न कुनै रोगका कारण हुने गरेको अनुमान गरिएको नयाँ पत्रिकामा खबर छ ।

स्वास्थ्य मन्त्रालय चिकित्सा महाशाखा प्रमुख डा. भोलाराम श्रेष्ठले मलेसिया सरकारले नेपाली कामदारको स्वास्थ्य अवस्था बुझ्न आउन भन्दै नेपाल सरकारलाई औपचारिक पत्र पठाएपछि विशेषज्ञ चिकित्सकसहितको टोली त्यसतर्फ जान लागेको जानकारी दिए । आगामी शुक्रबार जाने सरकारी चिकित्सकसहितको टोलीले एक साता लगाएर मलेसियामा काम गर्ने नेपाली कामदार र सम्बन्धित कम्पनीका मालिकसँग छलफल गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment