Comments Add Comment

असार १६ मा नीशा र शरदको बिहे, जोडिदै क्रिकेट र फिल्मको सम्बन्ध


अन्ततः विभिन्न खालका चर्चा र परिचर्चाका विच नायिका नीशा अधिकारी र क्रिकेटर शरद भेषावकरविच विवाह हुने पक्का भएको छ । केही दिन अगाडि हामीले नीशा र शरदको बिहे हुँदै भन्ने खबर सार्वजनिक गरेका थियौ । प्रेम चर्चा चलेको केही समयपछि नीशा आफैले आफ्नो ब्रेकअप भएको भन्दै मिडियामा अभिव्यक्ति दिएकी थिइन् ।

हो, अब यी दुइले असार १६ गते बिहे गर्ने भएका छन् । नीशा र शरदको बिहे र भोजको निमन्त्रणा कार्ड चलचित्रकर्मी, आफन्त र साथीभाइमाझ पुगिसकेको छ ।

नायिका नीशा अधिकारी र क्रिकेटर शरद भेषावकर केही दिन अगाडि चितवनमा एकसाथ देखिएपछि यी दुइले बिहे गर्न लागेको चर्चा चलेको थियो । तर, अहिलेसम्म यी दुइले मिडियासँग कुनै कुराकानी भने गरेका छैनन् ।

नीशा र शरदको बिहेले नेपाली चलचित्र र क्रिकेटलाई जोड्ने छ । नेपाली चलचित्रकी नायिका र क्रिकेटर विच बिहे हुन लागेको संभवत यो पहिलो पटक हुनसक्छ ।

यस अगाडि केही मोडल र क्रिकेटरविच प्रेम सम्बन्ध रहेपनि बिहे हुन नसकेको वुझिएको छ । निशा र शरदले असार १८ गते भने बिहे भोजको आयोजना गरेका छन् । बिहे बन्धनमा बाधिन लागेका नीशा र शरदलाई हाम्रो तर्फबाट बैबाहिक जीवनको शुभकामना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment