Comments Add Comment

गजल सन्ध्यामा अमृत

पोखरा । गजल सन्ध्या पोखराले अमृत सुवेदीको अध्यक्षतामा नयाँ कार्यसमिति पाएको छ ।

संस्थाको १०औं अधिवेशन तथा १४औं साधारणसभाले सुवेदीको अध्यक्षतामा सर्वसम्मत रुपमा कार्यसमिति चयन गरेको हो । कार्यसमितिमा मोहन भण्डारी उपाध्यक्ष, वसन्त विनोद सचिव, रीता लामिछाने कोषाध्यक्ष र मिर्मिसा पराजुली सहसचिव छन् ।  यस्तै, गीता पहारी, त्रुपक, अर्जुन नेपाल र हिक्मत केसी सदस्य छन् । समितिको बैठकले गौरी तमु, केआर ढकाल र महेश्वर बस्ताकोटीलाई सदस्यमा मनोनीत गरेको छ ।

निर्वाचित अध्यक्ष सुवेदीले सन्ध्याको नियमित गजल वाचन तथा अक्षर–यात्रालाई अझ व्यवस्थित गर्दै अन्य विशेष कार्यक्रमहरु गर्ने बताए ।
‘सन्ध्याले गजलको विकासमा मात्रै नभई नेपाली साहित्यमै विशेष भूमिका खेलेको छ’, उनले भने, ‘यसको उँचाइलाई अझ बढाउने मेरो प्रयास रहनेछ ।’

कार्यक्रममा संस्थाका पूर्व अध्यक्षहरु दिलीप दोषी, दीपक समीप, रुपिन्द्र प्रभावी, कपिल शर्मा, मन क्षेत्री, उदीपराज ढुंगाना र निवर्तमान अध्यक्ष बिर्सना बस्नेतले झन्डै डेढ दशक लामो विरासत बोकेको गजल सन्ध्याले पोखरेली साहित्यमै प्रभाव जमाएको बताए ।  पूर्व अध्यक्ष मन क्षेत्रीले सन्ध्याले अक्षर–यात्रा अभियानमार्फत साहित्यका सबै विधालाई समेटेको टिप्पणी गरे ।

निर्वाचन समिति सदस्य तथा नवनीत साहित्य सागरका अध्यक्ष लक्ष्मण थापाले नेपाली साहित्यमा धेरै संस्था जन्मिने र बन्द हुने अवस्थामा गजल सन्ध्याको निरन्तर यात्रा सुखद रहेको भन्दै थप ऊर्जाशील यात्राको लागि शुभकामना दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment